भीमदत्त नगरपालिकाद्वारा श्रम डेस्क संचालनका लागि सरोकारवाला संग छलफल

प्रकाशित:

  महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले श्रम डेस्क संचालनको लागि पहलकदमी सुरु गरेको छ। नगरपालिकाले सोमबार श्रम डेस्क सम्बन्धि सरोकारवालाहरु सङ्ग छलफल गरेको छ ।

श्रम डेस्क संचालन गर्ने मुख्य उद्देश्य सामाजिक सम्वाद गर्ने संयन्त्रको रुपमा श्रम सम्बन्धी समस्या समाधान गर्ने, श्रम डेस्क स्थापना गरी श्रमिकले गर्ने काम सीप र दक्षताको आधारमा अभिलेख राखी अध्यावधिक गरी रोजगारीका लागी रोजगार दाता संग समन्वय गर्ने रहेको भीमदत्त नगरपालिकाका रोजगार संयोजक मिनबहादुर महराले बताए ।

उक्त कार्यक्रममा संयोजक महराले समान काममा समान पारिश्रमिकको व्यवस्था लागु गर्ने, अभिलेख गरिएको श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सुचिकृत गराउन सहजिकरण गर्ने जानकारी दिए ।

आदिवासी जनजाती महासंघका अध्यक्ष विकास श्रेष्ठले सबै पक्षलाई समेटेर छलफल गर्न पर्ने बताए । श्रम डेस्क स्थापना भएपछि श्रमिकहरुको श्रमको सुरक्षाको विषय महत्वपुर्ण रहेको पालिकाका प्रमुख प्रशासकिय अधिकृत याम नारायण गौलीले बताए ।

श्रम गर्ने स्थान पनि महत्वपुर्ण रहेको र दुवै पक्ष रोजगारदाता र मजदुरको सुरक्षाको विषय पनि यो कार्यक्रमले हेर्ने बताए । श्रम डेस्क संचालन समितिका संयोजक एवम भीमदत्त नगरपालिकाका नगर उपप्रमुख निलम लेखकले डेस्क स्थापना का लागि नगरपालिकाले १० लाख रुपैँया विनियोजन गरी कार्यबिधी नै निर्माण गरेर काम अगाढी बढाएको बताए ।

भीमदत्त नगरपालिकाको १९ वटा वडामा मजदुरहरुको तथ्याङ संकलन गरेर सुचिकृत गरी उनिहरुलाई पचियपत्र प्रदान गर्ने र उनिहरुको सुरक्षाको व्यवस्था पनि गरिने लेखकले बताउनुभयो।भीमदत्त नगरपालिकाको हलमा आयोजना गरिएको उक्त कार्यक्रममा जिल्लामा रहेका सरोकारवाला निकाय,निर्माण व्यवसायी, कन्चनपुर उद्योग वाणिज्य संघ, आदिवासी जनजाती महासंघ, रोजगारदाता लगायतको उपस्थिती रहेको थियो ।

 

ताजा समाचार

सम्बन्धित समाचार