Saturday, July 27, 2024

बहु प्रकोपीय पूर्व सुचनाका लागी दोधारा चाँदनीमा स्मार्ट साईरन जडान

प्रकाशित:

पप्पु गुरुङ ।
दोधारा । बाढीको उच्च जोखिममा रहेको दोधारा चाादनी नगरपालिका वडा नं। १० मा स्मार्ट साइरन जडान गरिएको छ । डीसीए नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को साँझेदारीमा संचालित सुद्दढ परियोजनाले दोधारा चाँदनी नगरपालिका कार्यालय संगको समन्वयमा दोधारा चाँदनी नगरपालिका वडा नं. १० को ओमकार आधारभुत विद्यालयको छतमा उक्त साईरन जडान गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका अफिसर गणेश ठगुन्नाले जानकारी दिएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

साइरनले समुदायलाई विभिन्न विपदको पूर्वसुचना समयमै भरपर्दो तरिकाले दिन सहयोग पुग्ने ेपाल राष्ट्रिय समाज कल्याण संघ ९एनएनएसडब्लुए० सुद्दढ परियोजनाका अफिसर गणेश ठगुन्नाले बताएका छन् ।

स्मार्ट साईरन रिमोट कन्ट्रोल, एस एम एस तथा इन्टरनेटको माध्यमबाट संचालन गर्न सकिने तथा भ्वाइस म्यासेज समेत प्रसारण गर्न सकिने छ् । जडान गरिएको साईरनमा नेपाल टेलिकम र एनसेल दुवैको सिम प्रयोग गरिएको छ ।

जसले गर्दा कुनै एक नेटवर्कमा समस्या भएको अवस्थामा स्वचालित रुपमा अर्को नेटवर्क मार्फत साईरन संचालन गर्न सकिने छ । यस अघि डीसीए नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र आईएचआरआरले दोधारा चाँदनी नगरपालिका कार्यालय संगको साँझेदारी र जल तथा मौसम विज्ञान विभाग संगको समन्वयमा महाकाली नदीको चारलेन पुलमा स्वचालित जल सतह मापन केन्द्र समेत जडान गरिएको छ ।

जल तथा मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाबाट विपदको पूर्वसुचना प्राप्त भए पश्चात स्मार्ट साईरनबाट समुदायलाई पूर्वसुचना प्रदान गर्न सकिने छ। साइरन मार्फत बाढीको मात्र नभई शितलहर, हावाहुरी, खडेरी, लु, जंगली जनावर लगाएत अन्य प्रकोपहरुको समेत पुर्व सूचना सम्प्रेषण गर्न सकिने बताईएको छ ।

सुदृढ परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा जडान गरिएको उक्त साइरनको संचालन दोधारा चाँदनी नगरपालिका कार्यालयको स्थानीय आपतकालीन कार्य संचालन केन्द्रले गर्ने छ ।

शनिवार स्मार्ट साईरनको परिक्षण गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) कञ्चनपुरका कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले जानकारी दिएका छन् ।

No description available.

ताजा समाचार

सम्बन्धित समाचार