Thursday, May 30, 2024

दोधा नदीमा निर्माण गरिएको जैविक तटबन्धको अनुुगमन

प्रकाशित:

किशोर तामाङ
कञ्चनपुर । नेपाल राष्ट्रिय समाज कल्याण संघ कंचनपुर, र मर्सिकोर नेपालको संयुक्त साझेदारी र पुनर्वास नगर बिकास कृषि शाखाको समन्वयनमा सञ्चालित आर्थिक विकास मार्फत विपद् जोखिम व्यवस्थापन (एमरेड) परियोजनाले कञ्चनपुर जिल्लाको अति संकटासन्नमा रहेका पालिकाहरूमा परियोजना कार्य क्षेत्रमा भइरहेको नदी कटानी रोकथाम र नियन्त्रणका लागि सम्बन्धित पालिकाहरूसँगको समन्वय र सहकार्यमा जैविक तटबन्ध निर्माणका कार्यहरू गरेका छन ।

पुनर्वास नगरपालिकामा मात्र दोदा नदी तटीय क्षेत्रमा करिब ५ सय मिटर जैविक तटबन्धन गरीएको छ। राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) को सहकार्यमा सञ्चालन गरिएको एमरेड परियोजना अन्तर्गत नगरपालिकासँगको संयुक्त लागत साझेदारीमा विपद जोखिम न्युनिकरण कार्यक्रम अन्तर्गत दोधा नदीमा निर्माण गरिएको तटबन्ध सरोकारवाला निकायले अनुुगमन गरिएको छ ।

नदीको किनारमा बाढीले गर्नसक्ने जग्गा कटानलाई रोक्ने कार्यसँगै सम्भावित क्षतिको न्यूनीकरणका लागि विभिन्न जैविक तथा अजैविक स्रोत (बाँस, पलाष्टिक बोरा, स्याउला, बालुवा र मानवीय स्रोत)को उच्चतम् प्रयोग गरेर जैविक तटबन्ध निर्माण हुने एमरेड परियोजना मिल अफिसर गोविन्दा नरायण उपाध्याय बताउनुभयो । उक्त क्षेत्रमा जैविक तटबन्ध निर्माण हुँदा बर्सेनि नदीले गर्दै आएको भू–क्षय रोकिएको छ ।

उनले तटबन्धमा लगाइएका बिरुवाबाट दोहारो फाइदा लिनका लागि स्थानीय भू–बनोट र हावापानी सुहाउँदो जातका बिरुवा रोप्ने कार्यमा परियोजनाअन्तर्गत समुदायलाई प्राविधिक एवं आर्थिक सहयोग गरिने बताउनुुभयो ।

एमरेड परियोजना मिल अफिसर उपाध्यायका अनुसार पुर्नवास नगरपालिका–९ सीताबस्तीस्थित दोदा नदीमा रु नौ लाख दुई हजार तीन सय ८३ को लागतमा पाँच सय मिटर जैविक तटबन्ध निर्माणकार्य अगाडि बढाइएको छ ।

जसका लागि नगरपालिकाको तर्फबाट रु तीन लाख ९९ हजार सात सय ९१, प्रधानमन्त्री रोजगार कार्यक्रमको तर्फबाट रु एक लाख १८ हजार सात सय ४६ र परियोजनाको तर्फबाट रु तीन लाख ६८ हजार आठ सय २१ बजेट परिचालन गरिएको थियो ।

“वर्षात्मा नदीमा आउने बाढीले जग्गा कटान गर्दै आएको थियो , तर गत वर्ष जैविक तटबन्ध निर्माण भएपछि भू–क्षय पूर्णरूपमा रोकिएको छ, गत वर्ष तटबन्ध हुन नसकेको क्षेत्रमा जैविक तटबन्ध निर्माण कार्यलाई अझ अगाडी बढाए बाढी प्रभावित समुदायलाई रहात मिल्नेमा किसानहरु आशावादी बनेका छन ।

पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्माले जैविक तटबन्ध निर्माणकार्य थोरै लागतमा धेरै ठाउँमा गर्न सकिने र भरपर्दो भएकाले यसलाई निरन्तरता दिइँदै आएको बताउनुभयो । “समाज कल्याण संस्थासँग सहकार्य गरी जैविक तटबन्ध निर्माण अगाडि बढाएका छौँ”, उहाँले भन्नुभयो, “यस कार्यलाई अर्को वर्षको बजेटमा निरन्तरता दिन्छौँ ।” स्थानीय स्रोत र साधनको उपयोगसँगै विस्तृत प्राविधिक ज्ञानको त्यति आवश्यकता नहुने भएकाले जैविक तटबन्धको महत्व बाढी प्रभावित क्षेत्रमा बढ्दै गइरहेको उहाँको भनाइ छ ।

“जैविक तटबन्ध आर्थिकरूपमा मितव्ययी तथा सामुदायिकस्तरमा सजिलै निर्माण गर्न सकिने हुनाले बाढी प्रभावित समुदायमा जैविक तटबन्धप्रतिको विश्वास बढदो छ” यसले नदी छेउका खेतीयोग्य जमिन कटान हुनबाट जोगाउँदछ र बाढी आएका बेलामा पानीको बेगलाई नियन्त्रण गरेर मूलधारतिर फर्काउन मद्दत गर्ने भएकाले जैविक तटबन्धको महत्व बढ्दै गएको छ ।’

‘जैविक तटबन्धन ‘समुदायस्तरमा र समुदायकै परिश्रम र आंशिक लगानीमा जैविक तटबन्ध निर्माण गरिने भएको हुनाले“महँगो तटबन्धन (ग्यालभेनाइज्ड) जालीमा ढुङ्गा भरेर बनाइएको तटबन्धको उत्तम विकल्पको रूपमा यसलाई लिन थालिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार