Saturday, July 27, 2024

लागु औषधको तल तलले घटाएको यो दर्दनाक घटना पैशाको लागि गरियो वृद्ध नारुदेविको हत्या

प्रकाशित:

महेन्द्रनगर । गत कार्तिक १९ मा शुक्लाफाँटा नगरपालिका– ७ शान्तिपुर बस्ने ६५ वर्षीया नारुदेवी जोशीको हत्या भयो । नारुदेवीको हत्या शुक्लाफाँटा नगरपालिका – ७ का महेश डगौराले गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । घरनजिकैको कार्तिक गत कार्तिक १९ मै सामुदायिक वनमा नारुदेवी घाँस काट्न गएकी थिइन । बिहान घास काट्न गएकी नारुदेवी साँझ अबेरसम्म घर नफर्किएको इप्रका झलारीमा जानकारी गराएपछि खोजी सुरु गरिएपछि शव भेटिएको भेटिएको थियो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

जोशीको खोजतलासका लागि पुन  २० गते प्रहरी टोलीले सामुदायिक वनमा शव फेला पार्यो । उक्त दिन प्रहरीले शंकास्पद व्यक्तिहरुलाइ पक्राउ समेत गर्यो । नारुदेवीको हत्या गरेकै दिन महेश डगौराले दुई सय ५० रुपैयाँका लागि एक भारतीय नागरिकलाई समेत लुटपाट गरेका थिए। त्यसअघि १४ कात्तिकमा उनले झलारीका महेश भट्टको साइकल चोरेको प्रहरीले जनाएको छ ।

बिहीबार जिल्ला प्रहरी कार्यालय कंचनपुरले पत्रकार सम्मेलन गर्दै शङ्कित व्यक्तिलाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापाले विभिन्न कोणबाट अनुसन्धान गर्दै जाँदा साइकल चोरी र भारतीय नागरिकलाई लुटपाटमा संलग्न महेश डगौराले नै नारुदेवीको हत्या गरेको स्वीकार गरेको बताए।

डगौरा लागुऔषध दुर्व्यसनीमा समेत रहेको एसपी थापाले बताए । एसपी थापाका अनुसार डगौराले घाँस काट्न सघाइदिने भन्दै एक्लै जंगल गएकी नारुदेवीको पिछा गरेका थिए। नारुदेवीले लगाएका गहना सक्कली वा नक्कली हो भन्ने सोधपुछपछि यकिन गरेर घाँटी च्यापेर हत्या गरेको उनले स्वीकार गरेको एसपी थापाले बताए।

वृद्धाको हत्यापछि लुटपाट गरेको सुन बिक्रीका लागि महेश कैलालीको धनगढी गएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। ‘हत्या गरेकै दिन महेशले बोराडाँडी भाटभटेनीनजिक एलएक्स क्लबका सञ्चालक कैलाली गाउँका लक्ष्मण चौधरीको डेरामा गएर सुन बिक्रीका लागि छलफल गरेको देखिन्छ,’ एसपी थापाले भने, ‘कान र नाकमा लगाएका तीन थान गहना तीन पसलमा बेचेको देखियो।’

महेश २० कात्तिकमै धनगढीदेखि नेपालगन्ज हुँदै मुम्बई बेंग्लोर भागेका थिए। प्रहरीले विभिन्न व्यक्तिसँग समन्वय गरेर भारतमा भागेका महेशलाई बोलाएर १ मंसिरमा पक्राउ गरेको थियो। सुन बेचबिखनमा संलग्न भएका लक्ष्मण चौधरीसँग सोधपुछ गर्दा धनगढीस्थित इन्द्र बराल ९सुनार०ले सञ्चालन गरेको न्यु बर्दादेवी सुनचाँदी पसल, खगेन्द्रबहादुर सोबले सञ्चालन गरेको दिया सुनचाँदी पसल र दीपेन्द्र सिजापतीले सञ्चालन गरेको सुजल सुनचाँदी पसलमा बिक्री गरेको खुलेको छ।

सुन बिक्रीका लागि डगौराले सहकर्मी लक्ष्मण चौधरी र नीरज भट्टलाई पठाएको पाइएको छ। चौधरीले नीरज भट्टलाई सुन बिक्रीका लागि तीनै पसलमा लगेका थिए। तीनै पसलमा गरी ४६ हजारको सुन बेचेको प्रहरी अनुसन्धानले देखाएको छ।
हत्यापछि १।५० आनाको फुली, १।६९ आनाको मुन्द्रा र २।७०० आनाको अर्के मुन्द्रा लुटपाट भएको थियो।सुनचाँदी पसलधनीहरूले लक्ष्मण चौधरी र नीरज भट्टले आफूहरूसँग श्रीमती बिरामी भएकाले इमर्जेन्सीमा सुन बेच्न आग्रह गरेपछि किनिदिएको बताएका छन् ।

नारुदेवीको हत्यामा संलग्न महेश डगौरा, सुन बेच्न जाने लक्ष्मण चौधरी, नीरज भट्ट र सुन किन्ने इन्द्रबहादुर बराल, खगेन्द्र सोब र दीपेन्द्र सिजापतीलाई बिहीबार कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको हो ।पत्रकार सम्मेलनकै क्रममा नारुदेविको हत्याको आरोपमा पक्राउ परेका महेश डगौराले जोशीलाई आफुले मृत अवस्थामा फेला पारेको बताइरहेका थिए ।

डगौराले इप्रका झलारीका प्रहरीले आफुले हत्या गरेको स्वीकार गरे सजाय कम हुन्छ भन्दै हत्या गरेको स्वीकार गर्न लगाएको बताए । उनले यस्तो भन्दै गर्दा एसपी थापाले उनलाई बाहिर लग्न प्रहरी अधिकृतलाई भने । लागु औषधको तल तलले घटाएको यो दर्दनाक घटना पैशाको लागि गरियो वृद्ध नारुदेविको हत्या

ताजा समाचार

सम्बन्धित समाचार