Saturday, July 27, 2024

सर्बसाधारण तथा ब्यापारीहरुलाई ज्यान मार्ने धम्की दिई रकम माग गर्ने गिरोह एसरी पर्यो प्रहरीको फन्दामा

प्रकाशित:

ऐश्वर्या कुवँर महेन्दनगर ।कञ्चनपुर प्रहरीले डर,त्रास धम्की दिई रकम माग गर्ने गिरोहलाई पक्राउ गरेको छ ।प्रहरीले जिल्लामा रहेका विभिन्न सर्बसाधारण तथा ब्यापारीहरुलाई डर,त्रास तथा ज्यान मार्ने धम्की दिई रकम माग गर्ने गिरोहलाई पक्राउ गरेको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार सम्मेलन गर्दे डर,त्रास धम्की दिई रकम माग गर्ने गिरोहलाई सार्वजनिक गरेको छ । पक्राउ परेका ब्याक्तिहरुले विगत केहि दिन देखि फोन तथा म्यासेन्जर मार्फत ज्यान मार्ने धम्की दिई मोटो रकम लिने गरेको भन्ने विषेश सुचनाका आधारमा ति ब्याक्तिहरुको खोज तलास गर्दैैै जाँदा जिल्लाको बेदकोट नगरपालिका वडा न ७ लालपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी कमल थापाले बताएका छन् ।

पक्राउ पर्नेहरुमा बैतडि जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ छानी घर भई हाल कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका ४ बसपार्क डेरा गरी बस्ने चन्द्र देब जोशी र दार्चुला जिल्ला लेकम गाउँपालिका वडा नम्बर १ घर भई कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका वडा नम्बर ३ बस्ने नरेश साउँद रहेका छन् । पक्राउ परेका निज ब्याक्तिहरुको कोठामा खान तलासी गर्दा खुकुरी एक थान,चक्कु २ थान,विभिन्न ब्याक्तिहरु संग सम्पर्क भएको देखिएको मोबाई ३ थान, सिमकार्ड ३ थान, १ थान मोटरसाईकल र विभिन्न ब्याक्ति तथा ब्यापारीहरुको फोन नम्बर उल्लेख गरेको टिपोटहरु बरामद गरेको एसपी कमल थापाको भनाई रहेको छ ।

पक्राउ परेका ब्याक्तिहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २५३ बमोजिम आवश्यक कारवाहीको लागि पिडितबाट किटानी जाहेरी गराई अदाबाट म्यादथप गरिएको कञ्चनपुर प्रहरी पमुख एसपी थापाले बताएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार