समाजसेवी ऐरको नेतृत्वमा जाजरकोटका भूकम्प पीडितलाई राहत सामग्री वितरण

प्रकाशित:

महेन्द्रनगर । समासेवी एवं अभियन्ता चाँदनी ऐरको नेतृत्वको समुहले भूकम्प पीडितहरुलाई राहत सामग्री वितरण गरेको छ । जाजरकोटको नलगाड नगरपालिकाका– १, ५ र ७ नम्बर वडाका भूकम्प पीडितहरुलाई तीन चरण गरेर राहत सामग्री वितरण गरिएको सामाजिक अभियन्ता ऐरले बताइन् ।

भूकम्प प्रभावितहरु सम्मै पुगेर राहत सामग्री वितरण उनले बताइन् । भूकम्प प्रभावितहरुलाई पहिलो चरणमा मृत्यु भएका परिवारलाई राहत सामग्री वितरण गरिएको हो ।

दोस्रो चरणमा अपाङ्ग अशक्त र दलित परिवारलाई र तेस्रो चरणमा घर तथा आवास लगायतका संरचना पुर्णरुपमा क्षति भई ध्वस्त भएका पीडित परिवारलाई राहत सामग्री वितरण गरिएको समाजसेवी एवं अभियन्ता ऐरले बताइन् ।

भूकम्प प्रभावित २ सय भन्दा बढी पीडित परिवारलाई राहत सामग्री वितरण गरिएको समाजसेवी भागरथी बडालले बताईन ।

देश तथा विदेशमा रहेका मनकारी व्यक्तिहरुको सहयोगबाट उक्त राहत सामग्री आफुहरुले भूकम्प पीडितहरु माँझ पुर्याउन सकेको अभियन्ता ऐरले बताइन् ।

पुर्व एसएसपी चक्र सिंहको सहकार्य, कोरिया बाट उल्सान सिंहको बिशेष पहल एवं उल्सान नेपाली समाज, ख्यङजु नेपाली एकता समाज, अन्याङ नेपाली समाज र कैलालीका समाजसेवी कबिन्द्र ठकुल्ला, समाजसेवी दिपक चौहान र ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपालकी अध्यक्ष समेत रहेकी चाँदनी ऐरको पहल तथा सहकार्यमा जाजरकोटका दुई सय २५ भूकम्प प्रभावित परिवारहरुलाई राहत सामग्री वितरण गरिएको हो ।

यहि कार्तिक १७ गते शुक्रवार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पबाट १५७ जनाले ज्यान गुमाएका छन्, भने झण्डै ३०० जना घाइते भएका छन् ।

 

ताजा समाचार

सम्बन्धित समाचार