Saturday, July 27, 2024

भारतको दादागिरीः दशगजा क्षेत्रमा एकलौटि रुपमा सडक कालोपत्रे

प्रकाशित:

ऐश्वर्या कुवँर महेन्द्रनगर । सडक मर्मतको मौका छोप्दै भारतले दशगजा क्षेत्रमा सडक विस्तार तथा कालोपत्रे गरेको पाईएको छ । कञ्चनपुरको गडचौकिमा रहेको दशगजा क्षेत्रमा सडक मर्मतका बाहानाका भारतले सडक कालोपत्रे गर्नुका साथै सडक को भाग विस्तार गरेको पाईएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

भारतले गडचौकीस्थित सीमा स्तम्भ नं ८०५ः१(७) को क्षेत्रमा पर्ने दशगजा क्षेत्रमा सडक कालोपत्रे गरिएको छ । यस अघि गत बर्षादमा नेपाली भुमीमा गा्रभेल गर्दा भारतीय पक्षले दुई गाडि एसएसबि परिचालन गर्दै रोकावट गरेको थीयो । भीमदत्त नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष प्रकाश थापाले भारतीय पक्षले दशगजा क्षेत्रमा एकलौटि रुपमा मनपरी ढङ्गले राज गरिरहेको बताएका छन् ।नेपाल क्षेत्रमा भएको दशगजा क्षेत्रमा कुनै किसिमको मर्मत गर्दा भारतिय पक्षले सधै भरी रोक लगाउने गरेको अध्यक्ष थापाको भनाई रहेको छ । हाल आयर गड्डाचौकिमा रहेको दशगजा क्षेत्रको ७ न पिल्लर सम्म भारतले दादागिरि देखाउदै कालो पत्रे गर्दै सडक फराकिलो समेत पारेको छ ।

सीमा क्षेत्रका संरचना बनाउन दुबै देशको सहमती चाहिने भएकाले भारतले यस अघि नेपाललाई बारम्बार अबरोध गर्दे आईरहेको थियो ।गडचौकीका नेपालसित समन्वय नगरी भारतले एकलौटी रुपमा सीमा क्षेत्र सम्म सडक कालोपत्रे गरेको हो ।भीमदत्त नगरपालिका वडा न ११ का स्थानिय तेज रावलले समेत दशगजा क्षेत्रमा सडक मर्मतका नाममा भारतीय पक्षले देखाएको दादागिरिले आफुहरुलाई गिज्याई रहेकोले भन्दै आक्रोस पोखेका छन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अधिकारीले प्रशासनलाई सशस्त्र प्रहरीबाट पुरानो सडक मर्मत भईरहेको भन्ने खबर पाएको बताए ।‘यो दुई देश विचको सीमा बिवाद हो,भोली परराष्ट्र मन्त्रालयमा खबर गरी जानकारी लिन्छौ।प्रजिअ अधिकारीले भने, नयाँ मर्मत वा निर्माण गरेको बारे थप जानकारी लिनेछौ।

ताजा समाचार

सम्बन्धित समाचार