२०८० मंसिर १३, बुधबार |
Wednesday, November 29, 2023

दोधारा चाँदनी नगरपालिकाका कर्मचारी र जनप्रतिनिधीले भुकम्प पीडितलाई एक दिनको पारिश्रमिक दिने

प्रकाशित:

Advertisements

दोधारा । दोधारा चाँदनी नगरपालिकाले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका कारण भएको मानवीय तथा भौतिक क्षती प्रति दुख व्यक्त गर्दै सहयोगको घोषणा गरेको छ ।

दोधारा चाँदनी नगरपालिका कार्यपालिका बैठकले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका कारण भएको मानवीय तथा भौतिक क्षती प्रति दुख व्यक्त गर्दै जनप्रतिनिधी तथा कर्मचारीको एक दिन बराबरको पारिश्रमिक सहयोग स्वरुप उपलब्ध गराउने निर्णय गरेको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ ।

‘राती जाजरकोट केन्द्र बिन्दु भएर गएको बिनासकारी भुकम्पबा धनजनको क्षती भएको हुदा भुकम्प पिडितहरुलाई यस दोधारा चाँदनी नगरपालिकाका सम्पुर्ण जनप्रतिनिधी तथा कार्यालयमा कार्यरत सम्पुर्ण कर्मचारीहरुले एक दिन बराबरको पारिश्रमिक सहयोग स्वरुप उपलब्ध गराउने निर्णय गरियो’ दोधारा चाँदनी नगरपालिका कार्यपालिकाको बैठकमा भनिएको छ ।

जाजरकोट र रुकुम पश्चिममा गएको बिनासकारी भूकम्पबाट नलगाडा नगरपालिकाका नगरउपप्रमुख लगाएत उक्त घटनामा ज्यान गुमाएकाहरु प्रति हार्दिक श्रंद्धान्जली ब्यक्त गर्दै घाईते भएकाहरुको सिघ्र स्वास्थ्य लाभको समेत कामना गरेको छ ।


ताजा समाचार

Advertisements

सम्बन्धित समाचार