Saturday, July 27, 2024

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले नगर प्रहरी भर्ना गर्ने

प्रकाशित:

महेन्द्रनगर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले नगर प्रहरी भर्ना गर्ने भएको छ । आज सोमबार बसेको १४९औं कार्यपालिका बैठकले १ जना नगर प्रहरी सहायक निरीक्षक र ६ जना नगर प्रहरी करारमा नियुक्त गर्ने निर्णय गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शुक्लाफाँटाले गत पुस २५ गते नगर प्रहरी ऐन स्थानीय राजपत्रमा प्रकाशित गरेको थियो । नगर प्रहरी ऐनअनुसार १ जना नगर प्रहरी सहायक निरीक्षक, २ जना नगर प्रहरी हवल्दार र ४ जना नगर प्रहरी जवानको दरबन्दी भए पनि हाललाई १ जना नगर प्रहरी सहायक निरीक्षक र ६ जना नगर प्रहरी जवान करार सेवामा नियुक्त गर्ने निर्णय गरिएको नगर प्रवक्ता लालबहादुर ऐरले जानकारी दिए ।

कैलाली र कञ्चनपुरका स्थानीय तहहरूको साझेदारीमा धनगढी उपमहानगरपालिका–१४ फूलबारीमा लागूऔषध, कूलतमा लागेका व्यक्तिहरूका लागि पुनःस्थापना केन्द्र सञ्चालन गर्न ५ लाख सहयोग गर्ने निर्णय कार्यपालिका बैठकले गरेको छ । समपुरक कोष शीर्षकबाट सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीलाई रकम उपलब्ध गराइनेछ ।

मंसिर २ गतेदेखि नगरपालिकाको नयाँ प्रशासकीय भवनबाट कामकाज सञ्चालन गरिने प्रवक्ता ऐरले बताए । उनका अनुसार शहरी विकास आयोजनाको सहयोगमा प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ ।

कार्यपालिका बैठकले नेपाल बुदोकैदो संघ शुक्लाफाँटा बुदोकैदो शाखा शुनपा– १ गणेशपुरलाई १ लाख ५० हजार दिने निर्णय गरेको छ । प्रथम प्रदेश स्तरीय शुक्लाफाँटा बुदोकैदो फुलकन्ट्याक्ट कराँते प्रतियोगिता गर्ने नेपाल बुदोकैदो संघ शुक्लाफाँटा शाखाको तयारी छ ।

चालू आर्थिक वर्ष २०८०र०८१ को पहिलो त्रैमासिक अवधिमा निवेदन पेश गरेका ४८ जना बिरामीलाई मासिक उपचार खर्च ६ लाख ९५ हजार भुक्तानी गरी सोधभर्ना माग गर्ने निर्णय कार्यपालिकाले गरेको छ ।

मिर्गौला प्रत्यारोपण, डायलासिस, स्पाइनल ईन्जुरी र क्यान्सर रोगीहरूको मासिक उपचार खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७८ बमोजिम नगरपालिकाले रकम उपलब्ध गराउँदै आएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार