महेन्द्रनगर । नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति कञ्चनपुरले आइतबार रक्तदान कार्यक्रम गरेको छ । नेविसंघ जिल्ला कार्यसमिति कञ्चनपुरका अध्यक्ष नरेश पण्डित लगायत जिल्लाका अन्य नेताहरुले शुक्रबार मध्यराती जाजरकोट र रुकुममा गएको ६.४ रेक्टर म्याग्निच्युडको भुकम्पबाट प्रभावित क्षेत्र केन्द्रीत रक्तदान कार्यक्रम गरेको छ ।

नेविसंघ कञ्चनपुरका दजनौं विद्यार्थी नेताहरुले उक्त कार्यक्रममा रक्तदान गरेको विद्यार्थी नेता सुरज भट्टले बताए ।
उक्त कार्यक्रममा नेविसंघका केन्द्रीय सदस्य सञ्जु अधिकारी लगायतका दजनौं नेता तथा विद्यार्थीहरुले रक्तदान गरेका छन् ।
