Saturday, July 27, 2024

हात्ती पिडित बडुवाल टोलमा सरकार भन्दा पहिला अमेरिका बस्ने बिनोद र मञ्जुले दिए खाद्यान्न

प्रकाशित:

महेन्द्रनगर । रोजगारीको सिलसिलामा अमेरिक रहदै आएका बिनोद पौडेल र मञ्जु जाग्रीले बडुवाल टोलका हात्तीपिडितलाई राहत सहयोग हस्तान्तरण गरेका छन् । दोधारा चाँदनी नगरपालिका– ६ हेल्थपोष्टमा नैनसरा थापा मगरको घर आफन्त भेट्न आईपुगेका बिनोद पौडेल र मञ्जु जाग्रीले दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलमा भईरहेको हात्ती आतंकको बिषयमा गम्भिर हुदै हात्तीले घर भत्काएका तथा अतिबिपन्न १८ घरपरिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

प्रति घरपरिवार १ बोरा चामल, ३ केजी दाल, २ लिटर खाने तेल, १ प्याकेट नुन बितरण गरेको स्थानिय सामाजसेवी धनसरा नाथ योगीले जानकारी दिएका छन् । संचारमाध्यममा बडुवाल टोलमा जंगली हात्तीले दिदै आएको स्थानियहरुलाई पिडालाई आत्मसाथ गर्दै सामाजसेवी पौडेलले उक्त सहयोग गरेको बताईएको छ् । ‘बस्तीमा निकै पिडा रहेको कारण आफुले थोरै भएपनि सहयोग गर्न मन भएको हो’ बिनोद पौडेलले भने । पिडाको बेला आफुले गरेको सयोगले थोरै भएपनि मलहम हुने उनले अपेक्षा राखेका छन् ।

सामाजसेवी पौडेलले समयमै जंगली हात्ती नियन्त्रणमा नेपाल सरकार गम्भिर हुनु आवश्यक रहेको बताएका छन् । दुबै जना दाताहरुले चम्फा सार्की, दिलसरा दमाई, मोहन सुनार, किरन औजी, लक्ष्मी दमाई, रति सुनार, हिरा औजी, पार्वती औजी, सुनिता औजी, दिपा औजी, ललते दमाई, ्गोपी दमाई, आशा दमाई, बिर चन्द, धना औजी, शुशिला सुनार, जयन्ती दमाई र किसन दमाईलाई खाद्यान्न सहयोग गरेका स्थानिय सामाजसेवी धनसरा नाथ योगीले बताएका छन् । सामाजसेवी धनसरा नाथ योगी, शिक्षक रामचन्द्र थापा, नेपाली काग्रेंसका युवा नेता डम्मर राना, शिक्षक नरेन्द्र तथा दोधारा चाँदनी नगरपालिका– ३ का वडा सदस्य लक्ष्मी राना क्षेत्रको पहलमा हात्तीपिडित तथा बिपन्न घरपरिवारलाई राहत बितरण गरिएको बताईएको छ् । हात्तीपिडित तथा बिपन्न घरपरिवारले दाता बिनोद पौडेल र मञ्जु जाग्रीलाई आशिष दिएका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार