Saturday, July 27, 2024

एएमआरबारे अभिमुखीकरण जनचेतना कार्यक्रमको प्रभाव मूल्याङ्कन कार्यक्रम सम्पन्न

प्रकाशित:

महेन्द्रनगर । सञ्चारकर्मीमाझ गरिएको एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर)बारे अभिमुखीकरण जनचेतना कार्यक्रमको प्रभाव मूल्याङ्कन कार्यक्रम सम्पन्न भएको छ । असारको पहिलो साता कञ्चनपुर र कैलालीका पत्रकारहरु विच एक दिने एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर)बारे अभिमुखीकरण जनचेतना कार्यक्रम गरेको थियो । सोही कार्यक्रम अन्तर्गत ४ महिना सम्म त्यसको प्रभाव र एन्टिमाइक्रोबियल सम्बन्धी समाचार सम्प्रेषण र त्यो अवधिमा आफुले एन्टिमाइक्रोबियल सम्बन्धी खेलेको भुमिका बारे छलफल भएको थियो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

दिन प्रतिदिन आफु खुशी एन्टिबायोटिकको प्रयोग गर्दा कसरी दिर्घकालिन अवस्थामा स्वास्थ्यलाई असर परेको छ् ? त्यसको निराकरणको लागि अनुमति प्राप्त स्वास्थ्य चौकी वा चिकित्सको सल्लाह अनुसार औषधी उपचार गर्नु पर्ने र केही क्षणको लागि सजिलो र सस्तो रोजाई गर्दा दिर्घकालिन अवस्थामा जटिल रोगको सामाना गर्नु पर्ने हुन सक्छ् । युएसएआइडिको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा उक्त कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा डा. सन्तोष दुलाल, डा. विवेका श्रेष्ठ, अर्जुन अधिकारी र राजकुमारले सहजीकरण गर्नु भएको थियो भने कार्यक्रममा उपस्थित पत्रकारहरुले एन्टिबायोटिकको बारेमा थाहा भए पनि पहिले लागु नगरेको र कार्यक्रम प्रश्चात आफुले यस विषयमा लागु गर्नुका साथै घर परिवार तथा छरछिमेकमा पनि औषधी उपचार गर्दा सम्बन्धी विषयका चिकित्सक वा भरपर्दो क्लिनिक बाट उपचार गर्न थालेको र आफु आवद्ध मिडिया बाट पनि यस विषयमा समाचार सम्प्रेषण गर्नुको साथै जन चेतना फैलाउन लागेको बताए ।

ताजा समाचार

सम्बन्धित समाचार