Saturday, July 27, 2024

म्याद सकिँदा समेत पुर्ण रुपमा सम्पन्न हुन सकेन वडा

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं-१९ को बागफाँटमा २०७८ सालदेखि नयाँ वडा कार्यालयको भवन निर्माण भइरहेको छ् । उक्त भवन निर्माणका लागि भीमदत्त नगरपालिकाले १ करोड ५२ लाख ९७ हजार ४ सय ५६ (भ्याट बाहेक) बजेट छुट्याइएको छ् । २०७८ साल देखि निर्माण भइरहेको उक्त भवन २०७९ सालको चैत मसान्तसम्म काम सक्ने गरी हेम महराले ठेक्का लिएका थिए भने, उक्त भवन निर्माण कार्यको म्याद सकिँदा समेत पुर्ण रुपमा वडा भवन निर्माण हुन् भने सकिएको छैन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

त्यसैगरी उक्त वडा कार्यालयका वडाध्यक्ष जग्गुराम चौधरीले वडा भवन निर्माण र बाटोको लागि २०७७ सालमा उक्त क्षेत्रकै स्थानीय धिरेन्द्र बिष्ट र सुनिल रानाबाट २९ लाख रुपैयाँमा ४ कट्ठा ७ धुर जग्गा वडा कार्यालयले खरिद गरेको बताए । उनले भने, “उक्त भवन निर्माणका लागि पुर्व वडाध्यक्ष दामोदर महराका छोरा हेम महरालाई नै १ करोड ७६ लाख रुपैयाँमा ठेक्का दिइएको र मैले वडाध्यक्ष हुनुभन्दा पहिले नै उक्त वडाको एक तला भवन निर्माण भइसकेको वडाध्यक्ष चौधरीले बताए ।” त्यसैगरी उक्त वडा कार्यलयका वडा सचिव भोजराज जोशीले नयाँ वडा कार्यालयको भवन अहिले दुईतला निर्माण भइसकेको र भवनको, पेटी, टाइल, ग्रिल, बाउन्ड्रि लगाउन बाँकि नै रहेको बताए ।

उनले भने, “उक्त वडा कार्यलय व्यवस्थापन सामाग्रीका लागि ३ लाख ९० हजार रुपैयाँ वडा कार्यालयले छुट्याएको छ् भने, वडा निर्माणका लागि बजेटको अभाव भएका कारणले गर्दा पनि समयमै उक्त वडा कार्यलयको भवन निर्माण हुन् नसकेको जोशीले बताए । सचिव जोशीका अनुसार, उक्त वडा कार्यालयमा उचित व्यवस्थापन नहुँदा दिनहुँ सेवा लिन आइरहेका सेवाग्राहीहरूले निकै सास्ती खेप्नु परिरहेको बताए । उनले भने, “यदि उक्त वडा कार्यलयमा उचित व्यवस्थापन भइदिएको भए सेवाग्राही र वडाका कर्मचारीहरूलाई पनि सहज हुन्थ्यो, चाँडो भन्दा चाँडो नयाँ वडा कार्यालयको भवन निर्माण हुन् सके उक्त वडाका कर्मचारी लगाएत सेवाग्राहीले पनि राम्रो संग सेवा लिन सक्ने जोशीले बताए ।”

भीमदत्त नगरपालिकाका पुर्व नगरप्रमुख सुरेन्द्र बिष्टले आफ्नो कार्यकालमा सबै वडा कार्यालयका भवन निर्माण गरी वडा बासिन्दाहरूलाई व्यवस्थित रुपमा सेवा प्रवाह गर्ने प्रतिबद्धताका साथ नगरपालिका-१९ को वडा कार्यालय भवन निर्माणको कार्य गर्न सुरु गरेका थिए । त्यसैगरी उक्त वडा कार्यालयका स्थानीय प्रेम रानाले वडा कार्यालयमा उचित व्यवस्थापन नहुँदा सेवा लिन जाँदा पनि निकै नै सास्ती खेप्नुपरेको बताए । उनले भने, “उक्त वडा कार्यलयमा खाने पानी, सौचालय तथा सेवाग्राहीहरूको लागि समेत बस्ने उचित व्यवस्था छैन, सेवा लिन गएका स्थानीयहरूले वडा कार्यालयको बाहिर आएर भुइँमा चप्पल राखेर बस्नु पर्ने हुन्छ ।

हाम्रो क्षेत्रमा चाँडो नै नयाँ वडा कार्यालयको भवन निर्माण भइसक्यो भने उक्त क्षेत्रका स्थानीयहरूलाई सेवा लिनका लागि निकै नै सहज हुने रानाले बताए ।” त्यसैगरी भीमदत्त नगरपालिका ईन्जिनियर रोहित प्रसाद जोशीले उक्त वडा कार्यलयको भवन निर्माणका लागि आएको १ करोड ५२ लाख ९७ हजार ४ सय ५६ रुपैयाँबाट वडा भवन निर्माणमा हालसम्म ९३ लाख २४ हजार २ सय ३२ रुपैयाँ उक्त वडा भवन निर्माणको कार्यमा खर्च भएको बताए । उनले भने, “उक्त वडा भवन निर्माण कार्यको म्याद सकिएर पुन म्याद थप गर्ने प्रक्रियामा रहेको छ् भने, कोरोना, बजेट तथा समयको अभावको कारणले गर्दा पनि उक्त भवन निर्माणको कार्यमा ढिलाइ भएको उनले बताए ।”

उनका अनुसार हालसम्म भीमदत्त नगरपालिकामा रहेका १९ वटा वडा कार्यालयहरू मध्ये १७ वटा वडा कार्यालयहरूका नयाँ भवनहरू निर्माण भइसकेका छन् भने, वडा नं-३ को नयाँ वडा भवन निर्माणका लागि डिभीसि हालिएको इन्जिनियर जोशीले बताए ।” इन्जिनियरका अनुसार, वडा न.१९ मा निर्माण भइरहेको नयाँ वडा कार्यालय भवन निर्माणको काम ३ महिनामै सम्पन्न हुने बताएका छन् । त्यसैगरी भीमदत्त नगरपालिकाको वडा न.७ मा निर्माण भएको नयाँ वडा कार्यालयको भवन पुर्ण रूपमा निर्माण सम्पन्न हुँदा पनि अहिलेसम्म सञ्चालनमा भने आएको छैन् ।

ताजा समाचार

सम्बन्धित समाचार