महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकामा चाडपर्व शान्ति सुरक्षा विषयक शुभकामना आदान प्रदान कार्यक्तम गरिएको छ ।बेदकोट नगरपालिका न्यायिक समितिले शुक्रबार चाडपर्व शान्ति सुरक्षा विषयक शुभकामना आदान प्रदान कार्यक्तम गरेको हो । न्यायिक समितिकी संयोजक एव बेदकोट नगरकी उपप्रमुख तुलसी जोशीले चाडवार्डका बेला सवारी साधनदेखि मदिरा सेवनबाट हुनसक्ने दुर्घटनाबाट मानविय क्षति रोक्ने उदेश्यकले सचेतनामुलक कार्यक्तम गरिएको बताए ।

उपप्रमुख जोशीले मानिसको सानो त्रृटीगल्तीले ठुलो मानविय तथा भौतिक क्षति हुने भएकाले तिहारलाई मर्यादित रुपमा मनाउनका लागि समेत समयमै सचेतनामुलक कार्यक्रम गरिएको बताईन । कार्यक्रमको अध्यक्षता ग्रहण समेत गरेकी उपमेयर जोशीले विगतका बर्ष भन्दा यस बर्ष फरकशैलीमा कार्यक्रम गरिएको बताईन । उनले तिहारका लागि हुनसक्ने सम्भावित सवारी दुर्घटना र मदिरा सेवन, जुवातासका कारण कसैको घर परिवारमा आईपर्ने दुखत घटना टार्नका लागि समयमै जनप्रतिनिधी सहित सरोकारवाला राखेर कार्यक्तम गरिएको बताईन ।

उपप्रमुख जोशीले बेदकोटमा न्याय समितिले मेलमिलाप केन्द्र निर्माण गरेर स्थानीय विवाद निरुपण गरिरहेको बताईन । उपप्रमुख जोशीले प्रहरी प्रशासनले तिहारका बेला बेदकोट नगरमा हुनसक्ने सम्भावित दुर्घटना न्यूनिकरणका लागि प्रयास गर्न ध्यानाकर्षण गराएकी छिन । कार्यक्तममा बेदकोट नगरका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले दशौँ तिहारका लागि आवश्यक सचेतना भएर यात्रादेखिका खानपानमा ध्यान दिन आब्हान गरेका छन ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अधिकारीले बेदकोटमा न्याय समितिले गरिरहेको कामकाजको प्रसंसा गर्दै तिहारका बेला स्थानीय प्रशासनबाट आवश्यक सुरक्षा प्रदान गरिने बताए । कार्यक्तममा जनप्रतिनिधी, नागरिक समाज, कर्मचारी सहित सरोकारवालाको सहभागिता रहेको थियो ।