दोधारा चाँदनीका उपमेयर जोशीद्वारा क्रिकेट खेलाडीहरुलाई पोशाक र खेल सामग्री सहयोग

प्रकाशित:

महेन्द्रागर । दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले क्रिकेट खेलाडीहरुलाई पोशाक एवम् खेल सामग्री हस्तान्तरण गरेका छन् । दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले दोधारा चाँदनी नगरपालिकामा संचालन भईरहेको डे नाईट क्रिकेट प्रतियोगितामा सहभागी भएका खेलाडीहरुलाई पोशाक एवम् खेल सामग्री हस्तान्तरण गरेको खेलाडीहरुले बताएका छन् ।

दोधारा चाँदनी नगरपालिका कार्यालयमा संचालन भएको एक कार्यक्रमको बिच खेलाडीहरुलाई रु। ३० हजार बराबरको पोशाक तथा खेल सामग्री हस्तान्तरण गरिएको खेलाडी सरोज थापाले जानकारी दिएका छन् । सामग्री हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले खेलाडीहरुको मनोबल बढाउन आफू सदैब सहयोग गर्न तत्पर रहेको बताएका छन् ।

पोशाक एवम् खेल सामग्री हस्तान्तरणमा दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशी, दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, खेलाडी सरोज थापा लगाएत खेलाडीको उपस्थिती रहेका थिए । यस अघि पनि खेलाडीहरुलाई उपमेयर जोशीले सहयोग गर्दै आएका हुन् । खेल तथा खेलाडी लागी उपमेयर जोशीले गर्दै आएको सहयोग प्रति खेलाडीहरुले उपमेयर जोशीलाई धन्यबाद दिएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार