Saturday, July 27, 2024

सडक दुर्घटनामा ज्यान गुमाएका र घाईतेका घरपरिवारलाई आर्थिक साहयता

प्रकाशित:

दोधारा । सडक दुर्घटनामा परि ज्यान गुमाएका गोपाल सुनारको घरपरिवार र घाईते भिम बहादुर थापाको घरपरिवारलाई उपचारको लागी दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशी, वडाध्यक्ष केशव खत्री र युवाहरुले सहयोग गरेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सुक्रवार दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले मृतक गोपाल सुनारको घरपरिवार र घाईते भिम बहादुर थापाको घरपरिवारलाई भेट गरि रु. ६ हजार ५ सय रकम हस्तान्तरण गरेका हुन् ।

घाईते भिम बहादुर थापालाई उपचारको लागी रु. ४ हजार ५ सय र मृतक सनारका धर्मपत्नी मैसरा सुनारलाई रु. २ हजार नगद ब्यक्तीगत सहयोग गरेको दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले बताएका छन् ।

यस्तै दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्री ब्यक्तीगत र वडाध्यक्ष खत्री र देश, बिदेशबाट संकलन गरेको रु. १६ हजार १ सय रुपिँया मृतक गोपाल सुनारको घरपरिवारलाई सहयोग रकम हस्तान्तरण गरेका छन् ।

यस्तै स्थानिय युवा बिन्नु थापा, आकाश शर्मा, शुभम पौडेल, आकाश पााण्डे, सुरज गुरुङ्ग, संजय थापा लगाएत युवाहरुको पहलमा देश, बिदेशबाट संकलित रकम रु. २५ हजार मृतक गोपाल सुनारका धर्मपत्नी मैसरा सुनारलाई संकलित रकम हस्तान्तरण गरिएको बिन्नु थापाले जानकारी दिएका छन् ।
केही दिन अघि भएको मोटरसाईकल दुर्घटनामा गोपाल सुनारको मृत्यु भएको थियो भने, सोही सडक दुर्घटनामा घाईते भएका भिम बहादुर थापाको भारतको खटिमा शहरको एक निजी अस्पतालमा सघन उपचार भईरहेको छ ।
दुबै घरपरिवारको आर्थिक अवस्था दैनिय रहेको हुदा स्थानिय जनप्रतिनिधी तथा युवाहरुले आर्थिक संकलन गरि सहयोग गर्दै आएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार