Saturday, July 27, 2024

बडुवाल टोलमा जंगली हात्तीले अन्नवाली क्षती गरेका स्थानियहरुलाई खाद्यान्नको लागी २ लाख सहयोग

प्रकाशित:

दोधारा । दोधारा चाँदनी नगरपालिकाले बडुवाल टोलमा जंगली हात्तीले अन्नवाली क्षती भएका स्थानियहरुलाई खाद्यान्न सहयोगको लागी रु. २ लाख रकम बिनियोजन गरेको छ।
 दोधारा चाँदनी नगरपालिका कार्यपालिकाको हिजोको बैठकले दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलका स्थानियहरुको जंगली हात्तीले अन्नवाली क्षती भएको बिषयमा स्थानियहरुका लागी खाद्यन्न सहयोगको लागी रु. २ लाख बराबरको रकम बिनियोजन गरेको दोधारा चाँदनी नगरपालिका– ३ का वडा सदस्य तथा कार्यपालिका सदस्य लक्ष्मी रानाले जानकारी दिएका छन् ।
एक आंकलन अनुसार बिगत ३ महिना देखि बडुवाल टोलमा भारतिय जंगलबाट बस्ती भित्रिएको हात्तीको बथानले ७५ घरपरिवारको झण्डै २० बिघाह धान, मकै लगाएत अन्नवाली नष्ट गरेको छ ।
 संचारमाध्यममा बिगत लामो समय देखि बडुवाल टोलमा जंगली हात्तीले दिदै आएको स्थानियहरुलाई पिडाको बारेमा स्थानिय सरकार, प्रदेश सरकार तथा संघिय सरकार खबरदारी गर्दै आएको छ ।
 बस्ती नजिक रहेको भारतिय जंगलबाट आउने हात्तीको बथानले बिगत लामो समय देखि स्थानियहरुको अन्नवाली नष्ट गर्ने, घरहरु भत्काउने, मानविय क्षती गर्दै आएको छ् ।

ताजा समाचार

सम्बन्धित समाचार