Saturday, July 27, 2024

मोटरसाईकल दुर्घटनामा ज्यान गुमाएका दोधाराका सुनारको घरपरिवारलाई युवाहरुले गरे सहयोग

प्रकाशित:

दोधारा । केही दिन अघि सडक दुर्घटनामा परि ज्यान गुमाएका गोपाल सुनारको घरपरिवारको आर्थिक अवस्था दैनिय रहेको हुदा मृतक सुनारका घरपरिवारलाई युवाहरुले सहयोग गरेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

स्थानिय युवा बिन्नु थापा, आकाश शर्मा, शुभम पौडेल, आकाश पाँण्डे, सुरज गुरुङ्ग, संजय थापा लगाएत पहलमा देश, बिदेशबाट संकलित रकम रु. २५ हजार मृतक गोपाल सुनारका धर्मपत्नी मैसरा सुनारलाई संकलित रकम हस्तान्तरण गरिएको बिन्नु थापाले जानकारी दिएका छन् ।

आज बिहान मृतक सुनारको घर पुगेर युवाहरुको टोलीले मैसरा सुनारलाई संकलित रकम हस्तान्तरण गरिएको बताईएको छ ।

ज्यान गुमाएका गोपाल सुनारको बेसाहारा भएका धर्मपत्नी मैसरा सुनारको आर्थिक अवस्था निकै कष्टकर रहेको कारण युवाहरुको पहलमा संकलित रकम हस्तान्तरण गरिएको युवाहरुले बताएका छन् ।

आर्थिक अवस्था निकै दैनिय रहेको मैसरा सुनारको २ छोरा रहेका छन् । घर बनाउन जग्गा समेत नभएको अवस्थामा बाटोको एक छेउमा उनको सानो छाप्रो छ ।

शुकुम्वासी अवस्थामा रहेको मृतक सुनारका धर्मपत्नी मैसराको अवस्था निकै दर्दनाक रहेको बताईएको छ् । केही दिन अघि दोधारा चाँदनी नगरपालिका–६ सडक खण्डमा एक आपसमा मोटरसाईकल ठोक्कीदा गोपाल सुनारको घटनास्थलमै मृत्यु भएको थियो भने, अर्का भिम बहादुर थापाको भारतको खटिमा शहरको एक निजी अस्पतालमा सघन उपचार भईरहेको छ।

दुबै घरपरिवारको आर्थिक अवस्था दैनिय रहेको हुदा स्थानिय युवाहरुले आर्थिक संकलन गरि सहयोग गर्दै आएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार