Saturday, July 27, 2024

सडक दुर्घटनामा ज्यान गुमाएका सुनारको घरपरिवारलाई वडाध्यक्ष खत्रीको सहयोग

प्रकाशित:

दोधारा । केही दिन अघि सडक दुर्घटनामा परि ज्यान गुमाएका गोपाल सुनारको घरपरिवारको आर्थिक अवस्था दैनिय रहेको हुदा मृतक सुनारका घरपरिवारमा सहयोग रकम हस्तान्तरण गरिएको छ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्री र देश, बिदेशमा रहेका नेपालीहरुले मृतकका घरपरिवारलाई घाँउमा मलहम लगाउने उद्धेश्यले सहयोग संकलन गरि रकम हस्तान्तरण गरिएको हो ।

ज्यान गुमाएका गोपाल सुनारको बेसाहारा भएका धर्मपत्नी मैसरा सुनारलाई रु. १६ हजार १ सय रुपिँया हस्तान्तरण गरिएको वडाध्यक्ष केशव खत्रीले जानकारी दिएका छन् ।

आज अपरान्ह मृतक सुनारको घरमा पुगेर दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले मृतक सुनारका धर्मपत्नी मैसरा सुनारलाई उक्त रकम हस्तान्तरण गरिएको वडाध्यक्ष केशव खत्रीले बताएका छन् ।

पिडाको बेलामा थोरै भएपनि आफुहरुले सहयोग संकलन गरि पिडित घरपरिवारलाई घाउमा मलहम लगाउने प्रयत्न गरेको उनले बताएका छन् ।

आर्थिक अवस्था निकै दैनिय रहेको मैसरा सुनारको २ छोरा रहेका छन् । घर बनाउन जग्गा समेत नभएको अवस्थामा बाटोको एक छेउमा उनको सानो छाप्रो छ् । शुकुम्वासी अवस्थामा रहेको मृतक सुनारका धर्मपत्नी मैसराको अवस्था निकै दर्दनाक रहेको बताईएको छ।

रकम हस्तान्तरण गर्दै वडाध्यक्ष खत्रीले आगामी दिनहरुमा आफुबाट हुने सहयोग कायमै रहने बताएका छन् । पिडाको बेला मृतकमा शान्ती र घरपरिवारमा धर्यधारण गर्ने ईच्छा शक्ती प्रदान होस् भनी वडाध्यक्ष खत्रीले ईश्वर संग प्राथना गरेका थिए ।

सो सडक दुर्घटनामा गोपाल सुनारको मृत्यु भएको थियो भने, भिम बहादुर थापाको भारतको खटिमा शहरको एक निजी अस्पतालमा सघन उपचार भईरहेको छ् । दुबै घरपरिवारको आर्थिक अवस्था दैनिय रहेको हुदा स्थानिय युवाहरुले आर्थिक संकलन गरि सहयोग गर्दै आएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार