Saturday, July 27, 2024

महेन्द्रनगर कारागारमा रहेका कैदीबन्दीहरुलाई खेलकुद सामग्री हस्तान्तरण

प्रकाशित:

महेन्द्रनगर । महेन्द्रनगर कारागारमा रहेका कैदीबन्दीहरुलाई नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा कञ्चनपुरले खेलकुद सामग्री हस्तान्तरण गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बिहिबार महेन्द्रनगरको कारागारमा रहेका कैदीबन्दीहरुलाई भलिबल र ब्याटमिन्टन खेलका लागि आवश्यक पर्ने सम्पुर्ण सामग्र्रीहरु हस्तान्तरण गरिएको हो ।

कारागार भित्रै कैदीबन्दीहरु बिच दशैं तिहारको र्पुवसन्ध्यामा खेल आयोजना हुँन गइरहेको जानकारी पाएपछि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा कञ्चनपुरले खेल सामग्री हस्तान्तरण गरेको सल्लाहकार एवं जगन्नाथ पुस्तक पसलका सञ्चालक नवराज भट्टले बताए ।

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले विशेषतः महेन्द्रनगरका वरिष्ठ व्यवसायी दान सिंह ठकुराठीको आग्रहमा कैदीबन्दीहरुलाई खेल समाग्री हस्तान्तरण गरेको हो । वरिष्ठ व्यवसायी एवं समाजसेवी ठकुराठी हाल महेन्द्रनगर कारागारमै कैदीबन्दीको अवस्थामा रहेका छन् ।

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कञ्चनपुरले कैदीबन्दीहरुलाई झण्डै ३० हजारको खेल सामग्री हस्तान्तरण गरेको अध्यक्ष धर्मानन्द भट्टले बताए ।

पुस्तक तथा स्टेशनरी व्यवसायीहरुले समय–समयमा अनाथ बालबालिका देखि कैदीबन्दीहरुलाई समेत स्टेशनरी तथा खेल सामग्री बितरण गर्दै आएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार