Saturday, July 27, 2024

दोधारा चाँदनीको ईन्द्रा टोलबाट अजिंगरको उद्धार

प्रकाशित:

दोधारा । दोधारा चाँदनीको ईन्द्र टोलबाट अजिङ्गरको उद्धार गरिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

दोधारा चाँदनी नगरपालिका– ५ ईन्द्रा टोलको फ्याउली गुरुङ्गको घर नजिकबाट आज अबेर साँझ एक अजिङ्गरको उद्धार गरिएको दोधारा चाँदनी नगरपालिका– ५ का वडा सदस्य दिनेश थापा मगरले जानकारी दिएका छन् ।

झण्डै १८ फिट लामो अजिङ्गरलाई स्थानियहरुले देखेपछि नेपाली सेना, जनप्रतिनिधी र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मझगाँउका कर्मचारीलाई खबर गरेका थिए ।

स्थानियबासी सुरज गुरुङ्गले अजिङ्गरको उद्धार गरि नेपाली सेना र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मझगाँउका टोलीलाई बुझाएको वडा सदस्य दिनेश थापा मगरले बताएका छन् ।

उद्धार गरिएको अजिङ्गर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मझगाँउ पठाईएको बताईएको छ् । गए सोमवार दोधारा चाँदनी नगरपालिका– ४ पिपल चौराहबाट समेत १६ फिट लामो अजिङ्गरको सकुशल उद्धार गरिएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार