दोधारा । मोटरसाईकल दुर्घटनामा परि घाईते भएका दोधारा चाँदनी नगरपालिकाका– ६ का वर्ष अन्ताजी २० का भिम बहादुर थापाको उपचारको लागी वडाध्यक्ष ओंम बस्नेतले सहयोग गरेका छन् ।

केही दिन अघि दोधारा चाँदनी नगरपालिका– ६ को सडक खण्डमा मोटरसाईकल दुर्घटनामा परि घाईते भएका दोधारा चाँदनी नगरपालिका– ६ निवासी भिम बहादुर थापालाई दोधारा चाँदनी नदगरपालिका– ६ का वडाध्यक्ष ओंम बस्नेतले ब्यक्तीगत रु. ५ हजार ५ सय ५५ रुपिँया र वडा कार्यालयबाट घाईते थापाको उपचारको लागी रु. १० हजार सहयोग गरेको युवा संघ दोधारा चाँदनीका नगर संयोजक बिनोद चौधरीले बताएका छन् ।

घाईते भिम थापाको भारतको खटिमा शहरको एक निजी अस्पतालमा उपचार भईरहेको छ् । मुखमा गम्भिर चोटको कारण उनको शल्यक्रिया गर्नु पर्ने डाक्टरले बताएका छन् ।

आर्थिक अवस्था दैनिय रहेका भिम थापाको उपचारको लागी वडाध्यक्ष ओंम बस्नेतले देश, बिदेशमा रहेका सबै नेपालीलाई घाईते थापाको उपचारमा सहयोग गर्न अपिल गरेका छन् ।
भारतिय बैंक खाता नम्बर –७१६३६५६४४३३, फोन न.७४९४८४५९३७ र नेपालको लागि विक्रम थापा कृषि विकास बैंक खाता नम्बर– ०८२३५०१८८७४९०१७ मा सहयोगको लागी सबैमा वडाध्यक्ष ओंम बस्नेतले आग्रह गरेका छन् ।
वडाध्यक्ष बस्नेतले सहयोगको आह्वान गरे संगै दोधारा चाँदनी नगरपालिका– ७ निवासी केभिन पु्नले घाईते भिम बहादुरको उपचारको लागी रु. १० हजार सहयोग गरेको दोधारा चाँदनी नगरपालिका– ७ का वडा सदस्य संन्दिप उपाध्यायले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।


