Saturday, July 27, 2024

निलगाईले अन्नवाली नष्ट गर्न थालेपछि दोधारा चाँदनीका किसान चिन्तित

प्रकाशित:

दोधारा । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा संरक्षित जनावर निलगाईले स्थानिय किसानको अन्नवाली खाएर नष्ट गरेको छ । निलगाईको आतकले स्थानीय किसान हैरान भएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शुक्लाफाँट राष्ट्रिय निकुञ्ज र भारतिय जंगलबाट बस्ती भित्रिएको जंगली निलगाईले खेतवाली नष्ट गरेको छ ।

हुल बाँधेर बस्तीमा पस्ने निलगाईले दोधारा चाँदनी नगरपालिका– ७ कञ्चनभोज क्षेत्रको सुबेदीटोल, सिरुवारे टोल, बन्दुके टोल लगाएत बस्तीमा किसानहरुको धान, मकै र भटमास खाएर नष्ट गर्दै आएको स्थानियहरले बताएका छन् ।

कञ्चनभोज क्षेत्रका बस्तीहरुमा निलगाईले किसानले झण्डै ५ बिघाहमा लगाएको धान, मकै र भटमास खाएर नष्ट गर्दै आएको स्थानियबासी रामसिंह खड्काले बताएका छन् ।

रातीको समयमा हुल बाँधेर किसानले लगाएको धान, मकै र भटमास खाएर नष्ट गर्दै आएको स्थानिय रामसिंह खड्काले बताए ।

यस्तै दोधारा चाँदनी नगरपालिका–७ को संसारीटोल, वडा नं. ३ को बडुवाल टोल, जामुनाघारी लगाएत शुक्लाफाँट राष्ट्रिय निकुञ्ज र भारतिय जंगल ससंग जोडिएका बिभिन्न बस्तीमा निलगाईले किसानको अन्नवाली खाएर नष्ट गर्दै आएको छ ।

निलगाईले अन्नवाली नष्ट गर्न थाले संगै किसानहरु निलगाई धपाउन रातभर खेतमै बिताउन गरेको बताईएको छ ।

राती जाग्राम बसेर किसानहरु अन्नवालीको पहेरिदारी गर्दै आएपनि मध्यरातमा हुलका हुल निलगाई तथा जंगली जनावरले बाली नष्ट पार्दै आएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार