Saturday, July 27, 2024

कञ्चनपुरमा कोदालो प्रहार गरी छोरोले गरे बुवाको हत्या

प्रकाशित:

महेन्द्रनगर । जिल्लाको पुनर्वास नगरपालिका-११ मा छोराले बुवाको हत्या गरेका छन् । घरमा सामान्य विवाद हुदाँ कोदालो प्रहारगरी आफ्नै बुवाको हत्या गरेको स्थानीयले बताए ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

आईतबार करिव बिहान ८ बजे भिम बस्तिका ४६ बर्षीय बुवा जसवीर धामीलाई आफ्नै १८ वर्षीय छोरा हेमन्त धामीले गोदालो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रहरी निरिक्षक पुष्करराज पन्तले जानकारी दिनु भयो।

उनले भने ‘घरायसी विवादकै कारण घटना घटेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले जनाए पनि घटना बारे थप अनुसन्धान भइरहेको छ ।’

गोदालो प्रहारबाट घाइते भएका बुवाको घटनास्थलमै मृत्यु भएको थियो । अहिले छोरालाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले पक्राउ गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार