Saturday, July 27, 2024

दोधारा चाँदनी-३ का किसानलाई तरकारीको बिउ बितरण

प्रकाशित:

दोधारा । दोधारा चाँदनीका किसानहरुलाई तरकारी बिउ बिजन वितरण गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

दोधारा चाँदनी नगरपालिका– ३ वडा क्षेत्रका किसानहरुलाई तरकारी बिउ बिजन वितरण गरिएको दोधारा चाँदनी नगरपालिका– ३ वडा सदस्य दिपक सिंह महताले जानकारी दिएका छन् ।

बिहिवार एक कार्यक्रमको बिच किसानलाई तरकारीको बिउ, बिजन बितरण गरिएको वडा सदस्य महताले बताएका छन् ।

मुला, बनदगोवी, फुलगोवी, धनिया लगाएत तरकारीको बिउ बितरण गरिएको वडा सदस्य दिपक सिंह महताले बताएका छन् ।

वडामा रहेको ४० कृषी समुह मध्य नविकरण भएका झण्डै ३५ वडा कृषी समुहका किसानहरुलाई उक्त तरकारीको बिउ बितरण गरिएको हो ।

किसानलाई आफ्नो करेसाबारीमा तरकारी लगाउन र हरियो सागपात लगाएर त्यसबाट आम्दानी गर्न सहज होस् भनेर बिउ वितरण गरेको वडा सदस्य महताले बताएका छन् ।

किसानलाई आफ्नो घर वरिपरिका करेसावारीमा स्वच्छ र स्वस्थ्य तरकारी उत्पादन गरि उपभोग गर्न तथा बढी उत्पादन भएकालाई बिक्री गरि आय आर्जन गर्न सहज हुने बिश्वास गरिएको छ् ।

वडा सदस्य दिपक सिंह महताको सभापतित्वमा संचालन भएको किसानलाई बिउ, बिजन बितरण कार्यक्रमको संचालन मोहन बिष्टले गरेका थिए भने, स्वागत मन्तब्य वडाका कृषि प्राविधिक सरस्वती सुनार राखेका थिए ।

वडा कार्यालयको सहयोगमा बितरण गरिएको तरकारीको बिउ, बिजन पाएपछि किसानहरु खुशी भएका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार