महेन्द्रनगर । बझाङमा भीषण आगलागी भएको छ । जिल्लाको तल्कोट गाउँपालिका वडा न ५ खौला बजारमा मंगलबार दिउसो भिषण आगलागी भएको हो ।

आगलागीमा परेर ५ पसल जलेर नष्ट भएको र आगो नियन्त्रणमा लिने काम भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रवक्ता दिपेश चौधरीले आभाषकुञ्जलाई बताए ।आगलागीबाट के–कती क्षती भएको छ भन्ने थप एकिन विवरण आउन बाकि रहेको प्रवक्ता चौधरीले बताएका छन् ।
