Saturday, July 27, 2024

पुनर्वासमा पाँच सय मेट्रिक टन क्षमताको कोल्ड स्टोरको शिलान्यास

प्रकाशित:

पुनर्वास । कञ्चनपुरको दक्षिणी भेग स्थित पुनर्वासमा ५०० मेट्रिक टन क्षमताको कोल्ड स्टोरको शिलान्यास गरिएको छ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

किसानले उत्पादन गरेको तरकारी तथा बिउ लामो समयसम्म भण्डारण सुविधाको लागि पुनर्वास नगरपालिकालले शीतभण्डार निर्माण कार्यलाई अगाडि बढाईएको छ ।

कृषिउपज सामग्री भण्डारण गरी उपयुक्त समयमा बिक्री वितरण गर्नका लागि शीतभण्डार अति आवश्यक भएका हुँदा पालिकाले यस कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको हो ।

नगरपालिका क्षेत्रभित्र उत्पादित कृषि सामग्री सस्तोमा बेच्दा श्रमको मूल्य नउठ्ने समस्या भएपछि शीतभण्डार निर्माणको आवश्यकता खड्किएको थियो ।

स्थानीय सरकारले विभिन्न कठिनाईका बाबजुद सिमित श्रोत र साधनको परिचालन गरी स्थानिय जनताको आकांक्षा अनुसार काम गरिरहेको दावी गर्दै पुनर्वास नगरपालिका–६,मा शीतभण्डार निर्माण सुरु गरिएको छ।

शीतभण्डार निर्माणका लागि पुनर्वास नगरपालिकाको जुगल बिल्डर्स कम्पनी प्रा.लि., काठमाण्डौ –३२ संग सम्झौता भए पश्चात पुनर्वास नगरपालिका वडा नं ६ स्थित पुनर्बास सहकारी संस्था लि. को जमिनमा ५०० मेट्रिक टन स्टोर क्षमता भएको शीत भण्डार निर्माण कार्यलाई नगर प्रमुख तोय प्रसाद शर्माले शिलयनास गरीएको थियो ।

वहुवर्षीय कार्यक्रमअन्तर्गत आयोजनाको कुल लागत रकम ८ करोड ९९ लाख ८७ हजार १ सय बत्तीस रूपैयाँ मु.अ.कर र पि. एस. सहितको ईबिट मार्फत टेन्डर आह्वान गरीएकोमा जुगल बिल्डर्स कम्पनी प्रालि काठमाडौं ले २०८०/०३/२४गते आयोजनाको कुल सम्झौता रकम ८करोड २४ लाख ७९ हजार १ सय ८८ रूपैयाँमा (मु.अ.कर र पि.एस. सहित) समझौता गरि आगामी २ वर्षभित्र अर्थात् २०८२/०३/१५ मा काम सम्पन्न गर्ने गरि निर्माण कार्य अगाडि बढाएको जुगल बिल्डर्स कम्पनी प्रालिका प्रबन्धक प्रेमराज भट्टले जानकारी दिए।

शीतभण्डार नहुँदा उचित मूल्य पाउन नसकेका किसानलाई यसले सहयोग पुग्ने स्थानीय वडाध्यक्ष मित्रलामा ले बताए।किसानलाई आत्मनिर्भर बनाउन, किसानलाई उचित मूल्य पाउन भन्नका लागि किसानले उत्पादन गरेका कृषि उपज वस्तु शीतभण्डारमा राखेर जुनसुकै बेला पनि बिक्री गर्नसक्ने व्यवस्था मिलाउन शीतभण्डार निर्माण थालिएको अध्यक्ष लामाले बताए ।

नगर प्रमुख तोय प्रसाद शर्मा ले भने “आगामी दुई बर्ष भित्र सम्पन्न गर्ने हामीले लक्ष्य लिएका छौं ।” शीत भण्डार निर्माणपछि उत्पादित तरकारीहरु कुहिने डरले हतारमै सस्तोमै बेच्नुपर्ने बाध्यताको अन्त्य हुने नगर प्रमुख शर्माले जानकारी दिए । उनले भने “तरकारी सस्तो भएको बेला भण्डारण गरी राख्ने र राम्रो मूल्य पाएको बेला निकालेर बिक्री गर्न सक्ने अवस्था बनाउन हामीले शीत भण्डार निर्माण गरेका हौं ।

पुनर्वास नगरपालिका को सभाहल मा नगर प्रमुखको अध्यक्षतामा शीतभण्डार निर्माणको प्रक्रिया सुचारु हुनुपूर्व विभिन्न सहकारीका सञ्चालक तथा व्यवस्थापकहरु ,स्थानीय बुद्धिजीवीहरु, कानुनविद्हरू ,समाजसेवी, वडा अध्यक्षहरु, उद्योग बाणिज्य संघ का प्रतिनिधि, कर्मचारीहरु को उपस्थितीमा निर्माण तथा सञ्चालन प्रक्रिया का विविध पक्षहरुको बारेमा छलफल गरि योजना लाई अगाडी बढाईएको नगर योजना अधिकृत शङ्कर बोगटी ले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार