Saturday, July 27, 2024

गुण्डा तह लगाउन लाखौँ जनता सडकमा नउतारी भएन: प्रधानमन्त्री

प्रकाशित:

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गुण्डाहरूलाई सडकमार्फत तह लगाउने भन्दै उत्तेजित अभिव्यक्ति दिएका छन्।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सोमबार समाजवादी मोर्चाले विराटनगरमा गरेको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले लाखौँ जनतालाई सडकमा उतारेर गुण्डाहरूलाई तह लगाउने अभिव्यक्ति दिएका हुन्। उनले समाजवादी मोर्चाले सातवटा प्रदेशमा कार्यक्रम सकेपछि लाखौँ जनतालाई सडकमा उतार्नेसमेत खुलासा गरे।

‘अस्ति एउटाले हाम्रो महेन्द्र यादवलाई खुकुरी प्रहार भयो। गठबन्धनमा भएको सहमहामन्त्रीलाई खुकुरी हान्दियो। उनीहरूको मनोबल कस्तो रहेछ।

तपाईं हामी रक्षात्मक त्यस्तो होइन अब। अब यो समाजवादी मोर्चाले जहाँ बदमासी, गाली गलौज हुन्छ इँटको जवाफ पत्थरले दिने हो,’ उनले भने, ‘हामीले त्यो दिनैपर्ने छ। भोलि सातैवटा प्रदेशको सभा सकिन्छ त्यसपछि हामी बसेर कार्यक्रम बनाउँछौँ सडकमा जाने। लाखौँ जनतालाई सडकमा ल्याउने हो र यी गुण्डा, दलालहरूलाई हामी जिउँदै छौँ भनेर देखाउन परो। अनि मात्रै हाम्रो जित हुन्छ।’

उनले हतियारविहीन युद्धको सुरुवात आफूले गरेको बताउँदै साथ दिन सबैसमक्ष अपिलसमेत गरेका छन्। ‘यो कालमा नयाँ लडाइँ सुरु गरेको फिल हुन्छ। नयाँ लडाइँ हिंसाको होइन। हतियारविहीन युद्धको नेतृत्व गर्न मैले पहल गरिरहेको छु। म अगाडि बढ्छु साथीहरूले सहयोग गर्नुपर्नेछ,’ उनले भने।

साथै प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशको नाम परिवर्तनको समेत संकेत गरेका छन्। उनले पछिल्लो समय विवादित बनेको कोशी प्रदेशको नाम परिवर्तन गर्ने संकेत गरेका हुन्। उनले पहिचानवादीहरूको मागलाई सम्बोधन गर्दै अगाडि बढ्नुपर्ने बताएका हुन्।

‘कोशीमा पहिचानको पक्षमा आवाज उठाउन साथीहरूलाई बालुवाटार बोलाएर वार्ता गरेको छु। यसको समस्याको समाधान वार्ताको माध्यमबाट आम जनताको भावनालाई कदर हुने गरी सम्बोधन गरिनेछ। आफ्नो पक्षबाट प्रयास जारी गरिरहेको छु। यहाँका जनताको माग सम्बोधन नगरी कन्सट्रेसनतिर जाने काम गरियो भने प्रतिक्रियावादीहरूले मुडभेठको स्थिति बन्छ। जनतालाई भ्रमित गर्न पाइयो भने गणतन्त्र नै उल्ट्याउन सकिन्छ भन्ने प्रयासहरू भएका छन्,’उनले भने।

प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशको नामको विषयमा आन्दोलनरत पक्षलाई उत्तेजित पार्ने तत्वहरू सक्रिय रहेका बेला गृह मन्त्रालय र प्रहरीलाई संयमित अपनाउन निर्देशन दिएको बताए।

‘कोशीमा नामको विषयमा कन्सट्रेसन भएर ८(१० जना नेपालीको ज्यान गयो भने देशका लागि दुर्भाग्य हुन्छ भनेर राजनीतिक दलहरूसँग अपिल गरेँ। गृह र प्रहरीलाई पनि मुठभेड हुन हुँदैन भनेर कडा निर्देशन दिएँ,’ उनले भने।

ताजा समाचार

सम्बन्धित समाचार