Saturday, May 25, 2024

कञ्चनपुरको दक्षिणी क्षेत्र लागुऔषधको अखडा बन्दैः ४८ ग्राम खैरो हेरोईन सहित एक युवक पक्राउ

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरबाट ४८ ग्राम लागुऔषध (खैरो हेरोईन)सहित एक युवक पक्राउ परेका छन् ।

सङ्घीय प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका–१० बस्ने २६ वर्षीय हिक्मत हमाललाई ४७ दशमलव ८५ ग्राम खैरो हेरोईनसहित पक्राउ गरेको हो।

हमाललाई प्रहरी नायब निरीक्षक प्रकाश कठायत नेतृत्वको टोलीले भारतबाट लागुऔषध ल्याइरहेको अवस्थामा बेलौरी नगरपालिका–९ को कलकत्ताबाट पक्राउ गरेको सङ्घीय प्रहरी इसाई महेन्द्रनगरले जनाएको छ ।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार