Saturday, July 27, 2024

सञ्चालक विरुद्ध मुद्दा दर्ताः बैतडीमा मेडिकल दर्ता छैन्, औषधी बेच्ने पनि योग्यता छैन !

प्रकाशित:

बैतडी । दोगडाकेदार गाउँपालिकाका एक मेडिकल सञ्चालकविरुद्ध मुद्दा दर्ता भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

गाउँपालिका ६ पन्ज्युनयाँस्थित कबीर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीविरुद्ध इलाजसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहितको टोलीले भदौं १९ गते अनुगमनका क्रममा कार्कीले अवैधरूपमा सञ्चालन गरिरहेका फेला परेको थियो ।

अनुगमन टोलीले सोही दिन मेडिकल सिल गरेर उनलाई पक्राउ गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । ‘मेडिकल दर्ता नै नभएको र स्वास्थ्य विषय नपढेका व्यक्तिले क्लिनिक सञ्चालन गरेको पाउपछि उनलाई नियन्त्रणमा लिएका छौँ’, खत्रीले भने, ‘मुद्दा दर्ता भएर अनुसन्धानका म्याद थप पनि भइसकेको छ ।’

त्यही दिन अनुगमनका क्रममा कार्कीको मेडिकलसहित दोगडाकेदार ७ खोचलेकस्थित रणशैनी फार्मेसी एण्ड चन्द क्लिनिक र दोगडाकेदार ३ सिल्लेगडास्थित जोशी क्लिनिक सिल समेत गरेको थियो ।

मेडिकलहरुले चिकित्सकको प्रेसक्रिप्सन बिना औषधि बिक्री गर्ने गरेको, आवश्यक शैक्षिक योग्यता नभएका व्यक्तिहरुले मेडिकल सञ्चालन गरेको, सम्बन्धित निकायमा दर्ता प्रक्रिया समेत पूरा नगरेको पाइएकाले मेडिकल सिल गरिएको जनाइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार