महेन्द्रनगर । आज २० औँ निजामती सेवा दिवस कञ्चनपुरमा पनि भब्यताकासाथ मनार्र्ईएको छ ।व्यावसायिक सिर्जनशील प्रशासनः विकास र सुशास भन्ने नाराका साथ २० औँ निजामती सेवा दिवस कञ्चनपुरमा पनि मनाईएको हो।
२०६० साल देखि मनाउन थालिएको यो दिवस कञ्चनपुरमा सह – आयोजक कर्मचारी मिलन केन्द्र,आयोजक जिल्ला प्रशासन कार्यालय र सह –आयोजक निजामती कर्मचारीको आधिकारिक टे«ड युनियनले शुक्रबार रक्तदान,तथा सेवा निवृत कर्मचारीहरुलाई सम्मान कार्यक्रमको आयोजना गर्दै दिवस मनाएको थियो ।
निजामती सेवा दिवसको अवसरमा रेडक्रसमा २१ जना निजामती कर्मचारीले रक्तदान गरेका थिए भने नेपाल सरकारमा लामो समय सेवा अवधिबाट निवृत भएका ३५ जना कर्मचारीलाई प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अधिकारीले तथा सहायक प्रमुख जिल्ला अधिकारी धर्म राज जोशी, महाकाली प्रादेशीक अस्पतालका लेखा प्रमुख तथा निजामती कर्मचारीहरको आधिकारिक टे«ड युनियन कञ्चनपुरका अध्यक्ष खगेन्द्रराज पन्डित लगाएतले प्रमाणपत्र,रुद्राक्षको माला तथा नेपाली ढाँकाको टोपी लगाएर सम्मान गरेका थिए ।
२० औँ निजामती सेवा दिवसको अवसरमा निजामती दिवस कार्यक्रम व्यावस्थापनको लागि अष्ट्रलीयामा बसोबास गर्दै आएका आधिकारिक टे«ड युनियन कञ्चनपुरका अध्यक्ष खगेन्द्रराज पन्डितका छोराले ५० हजार आर्थीक सहयोग गरेको प्रमुख जिल्ला अधिकारीले गोपाल प्रशाद अधिकारीले बताएका छन् ।
े