Saturday, July 27, 2024

कृष्णपुरमा वृहत देउडा कार्यक्रमको आयोजना

प्रकाशित:

महेन्द्रनगर । कृष्णपुर नगरपालिकामा वृहत देउडा कार्यक्रमको आयोजना गरिएको छ । बिहिबार गौरा पर्व २०८० को अवसरमा कृष्णपुरको वडा नम्बर २ बंकमा वडा वृहत देउडा कार्यक्रमको आयोजना गरेको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

वडा कार्यालयको आयोजना तथा श्री गौरादेवी मन्दिर संरक्षण तथा सम्बद्र्धन समितिद्वारा सहआयोजित देउडा कार्यक्रम गौरादेवी मन्दिर प्राङ्गण बंकमा २४ गतेसम्म सञ्चालन हुने वडा नम्बर २ का वडाध्यक्ष अर्जुन साउँदले बताए ।

वडाध्यक्ष साउँदले गौरा पर्वको संस्कृति जोगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए । “मुख्यतः सुदुरपश्चिम प्रदेशमा मनाइने गौरा पर्वको संस्कृति जोगाउने उद्देश्यले देउडा कार्यक्रमको आयोजना गरेका हौँ,वडाध्यक्ष साउँदले भने,आगामी दिनहरुमा पनि कला,संस्कृति जोगाउने किसिमका कार्यक्रम सञ्चालन गर्नेछौँ ।”

कार्यक्रममा बोल्दै कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले कला,संस्कृतिको जगेर्ना गर्दै अघि बढ्नुपर्ने बताए ।
नगरभित्रको कला,संस्कृतिको संरक्षण,सम्बद्र्धनका लागि नगरपालिका लागि परेको बताए । कार्यक्रम संयोजक राजेन्द्र बहादुर सिंहले गौरा विशेष कार्यक्रम वृहत हुँदै आइरहेको बताए ।

कार्यक्रममा नगर प्रमुख हेमराज ओझा,वडा नम्बर २ का वडाध्यक्ष अर्जुन साउाद,वडा नम्बर ८ का वडाध्यक्ष दिनेश खड्का,स्थानीयको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन दिपेन्द्र पालले गरेका थिए ।

धार्मिक तथा सांस्कृतिक महत्वको गौरा पर्व हर्षोल्लासका साथ सुदुरपश्चिमेलीहरुले मनाउँदै आएका छन् । गौरा पर्वलाई धार्मिक आस्था र मौलिक विशेषताको पर्वका रूपमा लिने गरिन्छ ।

ताजा समाचार

सम्बन्धित समाचार