महेन्द्रनगर । कञ्चनपुरका प्रतिष्ठित व्यापारीहरुले सञ्चालन गरेको क्रसर उद्योगमा काम गर्ने एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।

कञ्चनपुरको बेदकोट नगरपालिका–७ स्थित नारद पाण्डे लगायतका व्यापारी एवं उद्यमीहरुले सञ्चालन गरेको क्रेसर उद्योगमा भारतको साहारनपुर उत्तर प्रदेशका २५ वर्षीय फैजन भन्ने फरमान अन्सारीको बिहीवार साँझ करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

अन्सारी क्रेसरमा काम गर्ने क्रममा मेसिनबाट करेन्ट लागेर गम्भिर घाईते भएका थिए । उनको उपचारको क्रममा मन्त्र अस्पताल महेन्द्रनगरमा साँझ मृत्यु भएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।