Saturday, July 27, 2024

सबै मान्छे गौरा हेर्न गएकाबेला घरबाट सुन र नगद चोरी

प्रकाशित:

बैतडी । बैतडीमा एक घरबाट सुन र नगद चोरी भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका ६ पन्ज्युनयाँका नारायणसिंह कार्कीको घरबाट २ तोला सुनको गलोबन्द र नगद २० हजार चोरी भएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

गएराति घरका मान्छे सबै गौरामा गएका बेला झ्याल फुटालेर चोरी भएको बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । चोरी गएराति भएपनि प्रहरीलाई आज मात्रै खबर भएकोले चोरी गर्ने व्यक्तीको पहिचान हुन सकेको छैन्।

चोरी गर्ने व्यक्तीको खोजी र घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार