Saturday, July 27, 2024

भुटानविरुद्ध नेपाल ३ विकेटले विजयी

प्रकाशित:

काठमाडौं । आइसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्रको छनोटमा नेपालले भुटानलाई ३ विकेटले पराजित गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

जितका लागि पाएको ४० रनको लक्ष्य नेपालले १३ ओभरमा पुरा गर्यो । नेपालका लागि रुविना क्षेत्रीले नटआउट १२ रन बनाइन् । कविता जोशीले ९ रन, सीता राना मगरले ८, पूजा महतोले ३ रन बनाइन् । अन्य ब्याट्सम्यान चल्न सकेनन ।

भुटानका लागि अन्जुली घलेले ३, छिरिङ जाङमोले २, अन्जु गुरुङ र सोनमले १-१ विकेट लिए । यसअघि भुटानले ८ विकेटको क्षतिमा ३९ रन बनाएको थियो ।

भुटानका लागि दिचेन वाङ्मोले २१ रन जोड्नु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । भुटानका ४ जना खेलाडी शून्य रनमा आउट भएका थिए । दुई जनाले १-१ रन जोडे भने एक जनाले ३ रन मात्रै बनाए ।

टस जितेर पहिलो बलिङ गरेको नेपालका लागि पूजा महतोले ३ विकेट लिइन् । यस्तै कविता कुँवर, रुविना क्षेत्री र खुसी डंगोलले १-१ विकेट लिए ।

ताजा समाचार

सम्बन्धित समाचार