महेन्द्रनगर । शनिबार बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट रिफर गरिएका बिरामीको जहाजमै मृत्यु भएको छ ।मृत्यु हुनेमा स्वामिकार्तिक गाउँपालिका–३ का दलजित कटेल रहेका छन् ।
कटेललाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको थियो । कटेल एपेन्डिसाइटिसका बिरामी रहेको बताइएको छ ।