Saturday, July 27, 2024

धनगढीको त्रिनगर नाकाबाट हुने खाद्यान्नको आयात(निर्यात ठप्

प्रकाशित:

महेन्द्रनगर । कैलालीको धनगढीस्थित त्रिनगर नाकाबाट हुने आयात(निर्यात ठप्प छ। साउन २८ गतेदेखि प्लान क्वारिन्टिन टुर मुकाम कार्यालय मोहनामा कर्मचारी नहुँदा आयात(निर्यात ठप्प भएको हो।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

प्लान क्वारिन्टिन कार्यालयमा कर्मचारी नहुँदा त्रिनगर नाकाबाट हुने आयात(निर्यात रोकिएर नेपालगन्ज नाका प्रयोग गर्नुपरेको छ। नेपालगन्जबाट आयात गर्दा गाडी भाडा महँगो पर्न जाने र त्यसको असर उपभोक्तासम्म पर्ने भएको छ। आयात(निर्यातको काम तत्काल सुचारु नगरे कैलालीका उद्योग व्यवसाय बन्द हुने र त्यसको असर उपभोक्तालाई समेत पर्ने व्यवसायी बिक्रम सिंहले बताए। ूभारत तथा तेस्रो मुलुकबाट सुदूरपश्चिममा हुने खाद्यान्न, फलफूल र तरकारीको आयात रोकिँदा, यहाँका खाद्य उद्योग समस्यामा परेका छन्।

त्रिनगर नाकाबाट आयात(निर्यात रोकिँदा व्यवसायीले नेपालगन्ज नाका प्रयोग गर्नुपर्ने अवस्था आएको छ। नेपालगन्ज नाका प्रयोग गर्दा ढुवानी भाडा महँगो पर्न जाने र त्यसको असर उपभोक्तासम्म पर्ने भएको छ,ू सिंहले भने। त्रिनगर नाका भएर दैनिक २० देखि २५ ट्रक खाद्यान्न, फलफूल र तरकारी आयात हुने गरेकोमा हाल खाद्यान्न, फलफूल र तरकारीको आयात ठप्प हुँदा व्यवसाय बन्द गर्नुपरेको गुनासो गरिएको छ।

कञ्चनपुरको गड्डाचौकी नाका सञ्चालनमै भए पनि त्यहाँबाट दैनिक दुईरतीन गाडी मात्रै सामान आयात हुने गरेको छ। बनबासा पुलका कारण गड्डाचौकी नाका भएर ठुला गाडीमा सामान आयात(निर्यात गर्न मिल्दैन। त्रिनगर नाकामा रहेको प्लान्ट क्वारिन्टिन कार्यालयमा कर्मचारी व्यवस्थापन गरेर आयात निर्यात तत्काल सुचारू हुनुपर्ने माग धनगढीका व्यवसायीको छ।

नाका बन्द हुँदा राजश्व असुलीमा कमि आउने, धनगढीमा सञ्चालनमा रहेका ठुला खाद्यान्न उद्योग बन्द हुने र दसैं तिहारको मुखमा महङ्गी बढेर उपभोक्ता समेत मर्कामा पर्ने अवस्था उत्पन्न भएको व्यवसायी मनोज अग्रवालले बताए। ूभारतबाट गहुँ, मकै, धान फलफूल र तरकारी दिनहुँ आयात हुने गर्छ। तर, प्लान क्वारिन्टिनमा कर्मचारी नहुँदा अहिले आयात गर्न सकिएको छैन,ू उनले भने, ूआयात सुचारु भएन भने खाद्य उद्योग बन्द हुन्छ्न् भने राजस्व असुली घट्नुका साथै दसैं(तिहारको समयमा उपभोग्य सामग्रीको मूल्य वृद्धि हुने जोखिम बढेको छ।

सीमा नाकामा सरकारले प्लान्ट, पशु र खाद्य क्वारेन्टिन कार्यालय खोलेको छ। प्लान्ट क्वारेन्टिनले खाद्यान्न, तरकारी र फलफूलमा भएको रोग तथा किरा परीक्षण गर्छ। त्रिनगर नाका हुँदै ठुलो परिमाणको तरकारी, फलफूल, चामल, दाल, बदाम, तोरी, पशुआहार, मकै र गहुँ भारत तथा तेस्रो मुलुकबाट समेत आयात हुने गरेको छ। प्लान्ट क्वारिन्टिनमा कर्मचारी व्यवस्थापन गरेर परीक्षणको कार्य सुचारु गर्न उद्योगी व्यवसायी र कैलाली उद्योग वाणिज्य संघले प्रदेश सरकार, संघीय कृषि मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पटकपटक अनुरोध गर्दै आएका छन्। तर पनि बिहीबारसम्म प्लान्ट क्वारिन्टिन टुर मुकाम मोहनामा कर्मचारी आएका छैनन्।

कर्मचारी व्यवस्थापनका लागि विभिन्न ठाउँमा पहल गरेको तर सुनुवाइ नभएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरको गुनासो छ। ूहामीले प्लान्ट क्वारिन्टिनको विषयमा प्रदेश सरकार र संघीय सरकारसँग कुरा उठाइसकेका छौँ। तर, अहिलेसम्म हाम्रो मागको सुनुवाइ भएको छैन। मुख्यमन्त्री र प्रधानमन्त्रीलाई समेत जानकारी गराइएको छ। कर्मचारी पठाउने काम भने भएको छैन,ू अध्यक्ष कुँवरले भने।

त्रिनगर भन्सारस्थित प्लान्ट क्वारिन्टिन कार्यालय कर्मचारी बिहिन भएपछि त्रिनगर नाकाबाट नेपाल भित्रिने खाद्य तथा कृषिजन्य वस्तुको आयात(निर्यात पूर्ण रुपमा बन्द छ। जसका कारण वार्षिक करोडौ राजस्व तिर्ने सुदुरपश्चिम प्रदेशका दर्जनौ उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार