Saturday, July 27, 2024

बिरामीको मृत्यु प्रकरण स्वस्तिक अस्पतालमा सुरक्षा बढाइयो, उजुरीको तयारी

प्रकाशित:

महेन्द्रनगर । पत्थरीको अप्रेसनको क्रममा बिरामीको मृत्यु भएपछि धनगढीस्थित स्वस्तिक अस्पतालमा सुरक्षा बढाइएको छ । आफन्तजनले डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै विरोध गर्न थालेपछि अस्पतालमा सुरक्षा बढाइएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

उपचारको लागि अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको हो । उपचारको क्रममा डाक्टरले उनको बायाँ किड्नीको अपरेसन गर्दा अत्यधिक रक्तश्रावलेले मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैबीच मृतकका आफन्तजनले डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै सत्य तथ्य छानबिनको माग गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा अस्पताल र डाक्टर विरुद्ध उजुरीको तयारी गरेका छन् । मृतकका ज्वाइँ रमेश चौधरीले अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएकोले कारबाहीको लागि कानुनी प्रक्रियामा जाने बताए ।

 

ताजा समाचार

सम्बन्धित समाचार