Saturday, July 27, 2024

कृष्णपुरमा निड्स नेपालद्वारा विपद्मा खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धि कार्यशाला गोष्ठी

प्रकाशित:

महेन्द्रनगर । कृष्णपुर नगरपालिकामा विपद्मा खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धि एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । निड्स नेपालको आयेजनामा सोमबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

नगरपालिकामा विपद् जोखिमको अवस्था र खानेपानीको शुद्धता संग सम्बन्धित रहेर आगामी दिनमा के कस्ता कार्य गर्न सकिन्छ, त्यस्को समेत सम्भावना र स्थानिय निकायको क्षमतामाथि छलफल एवं परामर्श भएको छ ।

स्थानिय अनुकूलन कार्ययोजना (लापा) लाई समेत कार्यान्वयनमा ल्याउनुपर्ने लगायतका बिषयहरुमा छलफल भएको निड्स नेपालका उपाध्यक्ष धन बहादुर कुश्मीले बताए ।

उक्त विपद्मा खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धि गोष्टिको प्रमुख अतिथीमा कृष्णपुर नगरपालिकाका नगर उप प्रमुख द्रोपती राना रहेका थियो । कार्यक्रममा नगर कार्यपालिकाका सदस्यहरु एवं स्थानियहरुको उपस्थिती रहेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार