Saturday, July 27, 2024

बझाङमा छुरा हान्ने ब्याक्ति कैलालीबाट पक्राउ

प्रकाशित:

महेन्द्रनगर । बझाङमा छुरा हान्ने ब्याक्ति कैलालीबाट पक्राउ परेका छन् । गत मंगलबार राति सुतिरहेका आमाछोरामाथि छुरा प्रहार गर्ने व्यक्ति कैलालीबाट पक्राउ परेका हुन । बझाङ सदरमुकाम चैनपुरको प्रशासन रोडस्थित चौगाउँटोलमा भएको उक्त घटनामा तीन जना घाइते भएका थिए । घटनामा संलग्न कैलाली जिल्ला कैलारी गाउँपालिका वडा नम्बर– १, का स्यानु चौधरीलाई प्रहरीले पक्राउ गरी सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सदरमुकाम चैनपुरमा निर्माणको काममा मजदुरी गर्दै आएका उनले प्रहार गरेको छुराबाट चैनपुरमा कोठा भाडामा लिएर बस्दै आएकी सुर्मा गाउँपालिकाकी २७ वर्षीया सुनिता विक र उनका छोराहरू ७ वर्षीय आदित्य र ४ वर्षीय एबल विक घाइते भएका थिए । चौधरीले अपराधमा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन । राति १२ बजेतिर अनुहार मास्कले ढाकेर लुटपाट गर्ने उद्धेश्यले कोठाभित्र छिरेको र मान्छेले आफू पसेको थाहा पाएपछि छुरा प्रहार गरेको चौधरीले प्रहरीसमक्ष बताएका छन् ।

उनलाई कैलालीस्थित उनकै घरबाट पक्राउ गरिएको हो । ‘घटना भएपछि त्यो ठाउा छोडेर गएका मानिस र उसले लुटेर लगेको मोबाइललाई ट्य्राक गरेर अभियुक्त पक्राउ गर्न सफल भएका छौं,’ बझाङ जिल्लाका प्रहरी प्रमुख डीएसपी जागेश्वर भण्डारीले भने, ‘उसले अपराध पनि स्वीकार गरिसकेको छ ।’ चक्कु प्रहारबाट घाइते तीनै जनाको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । छुरा प्रहारबाट आमाको घाँटी र छातीमा चोट लागेको छ । बच्चाहरूको अनुहार, छाती, घाँटी र पिठ्यूँमा चोट लागेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार