Saturday, July 27, 2024

विवादित इन्स्पेक्टर, जाँदाजाँदै फेरि विवादमा 

प्रकाशित:

महेन्द्रनगर । ३ भदौमा भीमदत्त नगरपालिका–१० जिमुवास्थित शिद्धनाथ माध्यामिक विद्यालयमा भएको घटना अहिले चर्चामा छ । र, त्यो घटनासँगै फेरि एक पटक विवादमा आएका छन् प्रहरी निरीक्षक सिताराम बिष्ट ।विद्यालयका लेखापाल विरेन्द्रप्रसाद जोशीले एक छात्रालाई दुर्व्यवहार गरेको भन्दै सो दिन जिमुवा तनावग्रस्त भयो । तनाव बढेर स्थानीय प्रहरी चौकीले सम्हाल्न नसकेपछि इन्स्पेक्टर बिष्टको नेतृत्वमा जिल्ला प्रहरीले टोली पठायो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बिष्टले कार्यकक्षमैं गएर लेखापाल जोशीलाई हतकडी लगाइयो, विद्यालयभन्दा २ सय मिटर टाढा राखिएको प्रहरी भ्यानसम्म जोशीलाई हिँडाएर लगियो, बीचैमा आक्रोशित भीडले जोशीमाथि आक्रमण गर्‍यो, प्रहरी भने मूकदर्शक बनिरह्यो, मरणासन्न हुने गरी जोशी कुटिए तर प्रहरीले उनको सुरक्षामा ध्यान दिएन – इन्स्पेक्टर विष्टमाथि विद्यार्थी, अभिभावक र शिक्षकहरुले लगाइरहेका आरोप हुन् यी ।उनीमाथि कार्वाही हुनुपर्ने मागसहित एक हप्ताभन्दा लामो समयसम्म शिद्धनाथ माध्यामिक विद्यालय बन्द छ । र, आइतबारबाट कञ्चनपुरका शिक्षकहरु अनिश्चितकालिन शिक्षण संस्था बन्दको कार्यक्रमका साथ सडकमा ओर्लिएका छन् ।

डोटी सरुवा भइसकेका बिष्टमाथि कञ्चनपुरमा दोस्रो पटक कार्वाहीको माग उठेको हो । सरुवाको रमाना मात्रै लिन बाँकी रहेकै बेला उनी विवादमा परेका छन् ।गत २ जेठमा भीमदत्त नगरपालिका–५ सुकासालमा पत्रकारमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा उनी कार्वाहीमा परेका थिए । त्यति बेला उनलाई सचेत गराइएको थियो ।यस पटक भने बिष्टका अगाडि ठूलै खतरा उत्पन्न भएको छ । शिक्षकहरुको आन्दोलनको मुख्य माग नै इन्स्पेक्टर बिष्टमाथि कार्वाही रहेको छ ।

इन्स्पेक्टर बिष्टमाथि कार्वाहीको माग उठे पनि अहिलेसम्म प्रशासनले केही गरेको छैन । ‘कार्वाही नगरे त आन्दोलन फिर्ता नै हुँदैन’ नेपाल शिक्षक संघका एक पदाधिकारीले भने, ‘प्रहरीकै मिलेमतोमा जोशी मरणासन्न कुटिएको प्रष्ट छ ।’प्रहरीले भने माग सुन्ने र कार्वाही गर्ने जिम्मा जिल्ला प्रहरी कार्यालयको बताएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रकाश डाँगी यो प्रकरण प्रहरीले भन्दा प्रशासनले हेर्ने बताउँछन् ।

भीमदत्त नगरपालिका–३ नौलाखेतका स्थायी वासिन्दा विष्ट आफ्नै गृहनगरमा पटक–पटक विवादमा आए । ‘अभागी रहेछन्’ विष्टका सहकर्मी एक इन्स्पेक्टरले भने, ‘सरुवा भइसकेको थियो, रमाना लिन मात्रै बाँकी थियो ।’पहिल्यै ‘सचेत’ कार्वाही भोगिसकेका बिष्ट यस पटक भने ठूलै सजायमा पर्ने प्रहरीवृत्तभित्रै अनुमान गर्न थालिएको उनका सहकर्मी इन्स्पेक्टरले बताएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार