Saturday, July 27, 2024

कञ्चनपुर शिक्षक कुटपिट प्रकरणः अनिश्चितकालका लागि विद्यालय बन्दको घोषणा

प्रकाशित:

महेन्द्रनगर । नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन समिति कञ्चनपुरले शिक्षक घटनामा घटना स्थलको नेतृत्वमा खटिएका प्रहरी निरीक्षक सीताराम बिष्ट लगायतका प्रहरीलाई कार्बाही गर्नुपने माग राख्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आइतबार ज्ञापन–पत्र बुझाएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

नेपाल शिक्षक महासंघ पालिका स्तरीय आन्दोलन समिति कञ्चनपुरले शिक्षक तथा लेखापाल विरेन्द्र प्रशाद जोशीमाथि विद्यालय समयमा कुटिल प्रपन्चका साथ विद्यालयका शिक्षक, विद्यार्थीकै अगाडि नाटकीय ढङ्गले कानुनका मान्य सिद्धान्त विपरित फौजदारी कार्यविधि कानुनको पालना नै नगरी प्रहरीहरुले हतकडि लगाई षडयन्त्रकारीको साङ्घातिक हमला गरेको हुँदा घटना स्थलमा खटिएका प्रहरीलाई लगायत साङघातिक आक्रमण गराउने मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरी कार्बाहीको दायरामा ल्याउनुपर्ने माग राख्दै उनिहरुले ज्ञापन पत्र बुझाएका हुन् ।

आन्दोलन परिचालन समिति कञ्चनपुरले विद्यालय शिक्षा क्षेत्रमा उत्पन्न यस घटनामा दोषीहरुलाइ यथाशीघ्र छिटोभन्दा छिटो कारबाही प्रकृया अघि बढाउनु पर्ने जोडदार माग राख्दै आएका छन् । शान्तिक्षेत्र घोषणा गरिएका विद्यालय जस्ता पवित्र संस्थाभित्र कर्मचारीलाई सुरक्षा दिनुको साटो विद्यालय प्रशासनले हतकडी नलगाउन अनुरोध गर्दा गर्दै पनि भाग्न खोज्ने कुख्यात अपराधी झै प्रहरीले शिक्षक जोशीलाई हतकडी लगाई कुटाईएको हुँन सक्ने आशंका पैदा भएको समेत आन्दोलन परिचालन समितिको धारणा छ ।

नेपाल शिक्षक महासंघ आन्दोलन समितिले घाईते शिक्षकका परिवार र विद्यालयले अराजक व्यक्तिहरुका नाममा किटानी जाहेरी दर्ता गर्दा समेत घटनामा संलग्न केही व्याक्तिहरुलाई कानुनको दायरामा नलिएको र पक्राउ गरेका व्याक्तिहरुमाथी कानुनी प्रक्रिया नबढाएको हुँदा भीमदत्त नगरपालिकाका

 

ताजा समाचार

सम्बन्धित समाचार