Saturday, July 27, 2024

साधारण स्कुलका ६ सय ४९ विद्यार्थीलाई पेसवान नेपालद्वारा निःशुल्क ‘स्कुल ब्याग’ वितरण

प्रकाशित:

महेन्द्रनगर । वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल ९पेसवान० ले कञ्चनपुरको महेन्द्रनगर मावि साधारण स्कुलका विद्यार्थीहरुलाई निःशुल्क स्कुल झोला वितरण गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

आइतबार एक कार्यक्रम आयोजना गर्दै पेसवान नेपालले महेन्द्रनगर मावि साधारण स्कुलका ६ सय ४९ जना विद्यार्थीहरुलाई झोला वितरण गरेको संस्थाका सदस्य दमन चन्दले बताए ।

त्यसैगरी आइतवार नै उक्त संस्थाले शिवधाम गुरुकुल संस्कृत आधारभूत विद्यालयका १८ जना विद्यार्थीहरुलाई पनि स्कुल झोला बितरण गरेको हो । उक्त संस्थाले कञ्चनपुरमा ३८ वटा र कैलालीमा २ वटा गरी ४० वटा बिद्यालयका विद्यार्थीहरुलाई बिभिन्न शैक्षिक सामग्री सहितको झोला वितरण गर्ने कार्यक्रम रहेको छ ।

आइतबार भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीको प्रमुख आतिथ्यतामा विद्यार्थीहरुलाई झोला बितरण गरिएको हो । विद्यार्थीहरुका लागि आवश्यक पर्ने, कापी, कलम, कलर बक्स लगायतका सामग्रीहरु उक्त झोलामा राखिएको छ । उक्त शैक्षिक सामग्री सहितको एक स्कुल झोला बजार मुल्य दुई हजार भन्दा बढी रहेको पेसवान नेपालका उपाध्यक्ष पशुपति थापा मगरले बताइन् ।

चाइना फाउण्डेसन नेपालको सहयोगमा पेसवान नेपाललले गत वर्ष भीमदत्त २८ विद्यालयका चार हजार ३ सय ४० जना विद्यार्थीहरुलाई झोला वितरण गरेको संस्थाका सदस्य चन्दले बताए । चालु आर्थिक वर्षमा कञ्चनपुरमा भीमदत्त नगरपालिकामा २४ वटा, दोधारा चादनी नगरपालिकामा ११ वटा र कैलालीको जानकी गाँउपालिकामा २ वटा विद्यालयका ६ हजार ७ सय बिद्यार्थीहरुलाई बिभिन्न शैक्षिक सामग्री सहितको झोला वितरणको कार्यक्रम गरिने उनले बताए ।

भाद्र महिनाको दोस्रो सातादेखी सबै बिद्यालयमा रातो झोला छात्राहरुलाई र निलो झोला छात्रहरुलाई १९ वटा शैक्षिक सामग्री राखेर वितरण थालिसकेको पेसवान नेपालकी उपाध्यक्ष थापा मगरले बताईन् । आफुहरुले बिद्यालय छनौट गर्दा सबै भन्दा बढी दलित, पिछडिएको वर्ग, विपन्न बालबालिका रहेको शैक्षिक संस्था सामुदायिक बिद्यालयलाई छानेर बाल कक्षा देखी कक्षा ८ सम्मका सबै बिद्यार्थी भाईबहिनीहरुलाई उक्त अति उपयोगी झोला वितरण गर्ने उनले बताइन् ।

ताजा समाचार

सम्बन्धित समाचार