Saturday, July 27, 2024

कञ्चनपुरमा सर्प दंशका बिरामी बढ्दै,असारमामात्र २० जना अस्पताल भर्ना

प्रकाशित:

महेन्द्रनगर । महाकाली अस्पतालमा सर्पदंशका बिरामी बढ्न थालेका छन् ।बर्खा सुरु भएसंगै कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा सर्प दंशका बिरामी बढ्न थालेका हुन ।आर्थीक बर्ष २०८० असार, महिनामा मात्र २० जना सर्प दंशका विरामी उपचार्थ महाकाली अस्पताको आईसियुमा भर्ना भएको महाकाली प्रादेशिक अस्पतालका सुपरिटेन्टडेन्ट मेसु डाक्टर अर्जुन भट्टले बताएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

त्यस्तै साउँन महिनामा ८ जना बिरामी भर्ना भएको मेसु भट्टले जानकारी दिएका छन् ।कञ्चनपुरमा कमन करेद र कमन कोब्रा नामक बिषालु सर्पले टोकेका बिरामीको सख्या बढि रहेको अस्पतालको थथ्याङ्कले देखाएको छ ।महाकाली अस्पतालमा जिल्लाको दोधारा चादँनी नगरपालिका,बेदकोट,शुक्लाफाटाबाट सर्प दंशका बिरामी उपचारको लागि महाकाली अस्पताल आउने गरेका छन् । ।शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा रहेको सर्पदंश उपचाकेन्द्रमा उपचार हुन नसकेका इमेरजेन्सि केशहरुको पनि महाकाली अस्पतालमा सफल उपचार हुने गरेको मेसु अर्जुन भट्टले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार