Saturday, July 27, 2024

मिटर ब्याजको जालोः कञ्चनपुरमा २५ उजुरी मध्ये दुईको मात्रै लाग्यो टुङ्गो

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा अनुचित लेनदेन मिटर ब्याज सम्बन्धी २५ वटा उजुरी दर्ता भएका छन् । अनुचित देनदेन तथा मिटर ब्याज पिडितहरुले २५ जना बिरुद्द जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा उजुरी दर्ता गराएका हुन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सरकारले अनुचित लेनदेन मिटर ब्याज  सम्बन्धी जाँचबुझ आयोग २०७९ गठन पश्चात देशभर नै मिटर ब्याजीका नाममा उजुरी फुकुवा गरेको थियो । जसमध्ये धेरै जिल्लाहरुमा मिटर ब्याजका नाममा उजुरी दर्ताको चाङ लागेको छ ।जिल्लाको भीमदत्त– ५ कि शान्ती पार्की र रगी कोली आफुहरु मिटर ब्याजको जालोमा परेर घर न घाटको भएको बताए । ‘औषधी गर्न भनेर एक जना ब्याक्तिबाट २ बर्ष पहिले ऋण लिएको थिए ।’ पिडित पार्कीले भनिन्,–‘अहिले आएर भएको २ कट्टा जमिन पनि ब्याजको स्याज लगाएर हामीलाई रोडमा पु¥यायो । ’

जिल्लामा मिटर ब्याजको जालोमा दलित र चौधरी समुदायका मानिस बढि पिडामा परेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताए । सहायक प्रजिअ जोशीले जिल्लामा उजुरीको प्रकृति, परेका उजुरी स्थानीय तह, प्रशासन, प्रहरी वा अदालत कुन निकायबाट न्यायोचित निरुपण गर्न सकिने हो त्यसको बर्गिकरण गरेर काम अगाडी बढ्ने विषयमा छलफल भएको बताए ।

कञ्चनपुरमा अनुचित लेनदेन तथा मिटर ब्याजको नाममा पिडितले दिएका २५ निवेदनमा हालसम्म जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले २ वटा निवेदनको मात्र टुङ्गो लगाएको छ ।वित्तीय कारोवार गर्न अनुमति नलिई अति उच्चदरमा ऋण प्रवाह गर्ने,कीर्ते कागज खडा गर्ने र ऋण तिर्न नसक्नेहरुलाई धम्की वा हिंसाको माध्यमबाट आतङकित वा भयभीत पारी वा छलपुर्वक जायजेथा हडपी धेरै गणा रकम असुर गर्ने व्याक्तिलाई मिटर ब्याजि भनिन्छ ।कतिपयले निर्माण ब्यावसायीहरु,क्यासिनोको लत लागेकाहरु,लागुऔषधको दुव्यशनमा परेकाहरुलाई मिटर ब्याजको पासोमा पारेको पाईन्छ ।

ताजा समाचार

सम्बन्धित समाचार