Saturday, July 27, 2024

प्रहरीकै सुरक्षा घेरा भित्र मरणासन्न हुनेगरि कुटिए शिक्षक ः प्रहरी बन्यो मुकदर्शक !

प्रकाशित:

ऐश्वर्या कुवँर महेन्द्रनगर । प्रहरीकै सुरक्षा घेरा भित्र मरणासन्न गरी शिक्षक कुटिएपछि शिद्धनाथ माध्यमिक विद्यालय जिम्मुवा परिवारले प्रेस विज्ञप्ति निकालेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शिद्धनाथ माध्यमिक विद्यालयका लेखापाल तथा शिक्षक बिरेन्द्र प्रशाद जोशिलाई सोहि विद्यालयमा अध्यनरत छात्राले दुव््रयावहार गरेको आरोप लगाएकि थिईन् ।साउन ३० गते शिक्षक जोशि माथि दुव््रयावहारको आरोप लागेको हुदा शिक्षक जोशिले विद्यालयको सिडि चढ्ने क्रममा कुम ठोकिन गएको भन्दै छात्रा संग सार्वजनिक माफि समेत मागेका विद्यालय व्यावस्थापन समितिका अध्यक्ष गजी बिष्टले बताए ।

साउन ३२ गतेका दिन विद्यालय प्रशासनले दुबै पक्ष संग छलफल समस्या समाधान भए पश्चात भदौ ३ गते लेखपाल जोशीको सुनियोजित तरिकाले चरित्र हत्या गर्नुका साथै विद्यालयसंग प्रतक्ष रुपमा सरोकार नभएका दर्जनौ व्याक्तिहरुले विद्यालय हाताभित्र हुल दङगा गरि घटनामा खटिएका सुरक्षाकर्मीहरुकै अगाडि जोशीमाथी ढुङगामुढा,हेल्मेट,रड,ले प्रहार गरेका थिए ।

ढुङ्गामुढा प्रहारबाट जोशी गम्भीर घाईते भएका थिए ।घाईते जोशीको महाकाली प्रादेशिक अस्पतालमा उपचार हुन नसक्दा निसर्ग अस्पताल धनगढिमा रिफर पश्चात उपचार भईरहेको आफन्तले बताएका छन्। जोशीको टाउको,छाती,र संवेदनशिल अङ्घमा गम्भीर चोटलागेको आफन्तको भनाई रहेको छ।

समाजमा घट्न सक्ने विभिन्न घटनाहरुको न्युनिकरण,शान्ति,सुरक्षा, अमनचयन कायम गर्ने दायित्वमा खटिएका प्रहरीको हतकडिले शिक्षक जोशीलाई मरणासन्न अवस्थामा पुर्याएको शिद्धनाथ माध्यमिक विद्यालय व्यावस्थापन समितिका सदस्य तथा शिक्षक दामोदर बिष्टले बताए ।

‘बिष्टले भने’विद्यालयमा हुलदङ्गा भएको शान्त पार्न प्रहरी बोलाईएको,’‘प्रहरीले सुरक्षा दिनुको साटो एउटा शिक्षक जस्तो मान्छेलार्ई विद्यालको हाताभित्र रहेको समयमा अपराधि सरह हतकडि लगाइयो ,’‘दजैनौ सुरक्षाकर्मीको सुरक्षामा खटिएतापनि अराजक भिडले इटा,ढुङगा हेल्मेट,रडले प्रहार गरि लखेटि लखेटि शिक्षकलाई कुटिरहदा प्रहरी मुकदर्शक बन्नु जस्ता घटनाले प्रहरी प्रशासनको सुरक्षा व्यावस्था उदाङ्गो भन्दै प्रेश विज्ञप्ति मार्फत खेद प्रकट गरेका छन् ।

प्रशासनको गैर जिम्मेवारी सुरक्षा व्यावस्थाले विद्यालयका समपुर्ण शिक्षक,कर्मचारी स्तब्ध भएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।नेपाल शिक्षक संघ कञ्चनपुरका उपाध्यक्ष नविन धामीले हतकडी लगा्रएर प्रहरीको सुरक्षा घेराभित्र रहेको मान्छेलाई मरणासन्न कुटिएको घटनाको जति भर्सना गरे पनि कम हुने बताए ।‘प्रहरीको नियन्त्रणमा रहेको मान्छे नै सुरक्षित हुदैन भने,यो भन्दा आपत्तिजनक कुरो अरु हुन नसक्ने धामीले बताए ।

नेपाल शिक्षकसंघ कञ्चनपुरका सचिव उत्तम बिष्टले शेक्षिक बातावरणलाई धमल्याउने तथा विद्यालय परिसर भित्र शिक्षकलाई हतकडि लगाउने र सुरक्षा गर्ने नसक्ने साथै हतकडि लगाएका शिक्षकलाई कुटपिट गराउन लुप्त भुमिका निर्वाह गर्ने अराजक तत्व तथा प्रहरी प्रशासनका कर्मचारीहरुलाई यथा शिघ्र कारवाहि गरिनुपर्ने बिष्टको भनाईरहेको छ।

 

 

 

ताजा समाचार

सम्बन्धित समाचार