Saturday, July 27, 2024

महेन्द्रनगरको पुरानो बसपार्क स्थित एक घरमा आगलागी

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित पुरानो बसपार्कमा ग्यास लिक हुँदा एक घरमा आगलागी भएको छ। शनिबार बिहान मःम का लागि अचार बनाउने क्रममा ग्यास सिलिन्डर लिक हुँदा आगलागी भएको हो।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

घरभित्र रहेका सामान जलेर नष्ट भएपनि मानवीय क्षति हुनबाट जोगिएको छ। सोही घरमा जोशी मःम सेन्टरका सञ्चालक बझाङ घर भएका गणेशराज जोशीसहित उनकी श्रीमती, दुई छोराछोरी, भाइ, भाइबुहारी र उनीहरूको बच्चा गरी सात जना डेरा गरी बस्दै आएका थिए।

घरभित्र रहेका बालबालिकाहरूले आगलागी हुँदा हाम फालेर ज्यान जोगाउन सफल भएका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।

आगलागीबाट तीन लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक हर्षबहादुर चन्दले बताए।

ताजा समाचार

सम्बन्धित समाचार