Saturday, July 27, 2024

भीमदत्तको ८ नम्बर वडामा निःशुल्क एम्बुलेन्स सेवा सुरु

प्रकाशित:

कञ्चनपुरको । भीमदत्त नगरपालिकाको ८ नम्बर वडा कार्यालयले निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ। कञ्चनपुर उद्योग वाणिज्य संघबाट प्राप्त भएको एम्बुलेन्स वडा कार्यालयले निःशुल्क सेवा दिने गरी सञ्चालनमा ल्याएको हो।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बुधबार एक कार्यक्रमबीच उद्योग वाणिज्य संघले वडालाई एम्बुलेन्स हस्तान्तरण गरेको हो। कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वरप्रसाद बोहाेराले भीमदत्त नगरपालिका– ८ का वडाध्यक्ष मदनराज मिश्रलाई एम्बुलेन्स हस्तान्तरण गरे।

वडाध्यक्ष मिश्रले वडाका जनताको माग र आवश्यकताअनुरूप वडामा निःशुल्क एम्बुलेन्स सेवा दिने बताए। ‘वडाका अति अशक्त बिरामी, सुत्केरी, गर्भवती, सर्पले डसेका बिरामी, दुर्घटनामा परेका व्यक्तिलाई अस्पताल लैजान विशेष प्राथमिकता दिइन्छ,’ उनले भने।

वडाले निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेपछि स्थानीयवासीसमेत हर्षित भएका छन्। स्थानीय एवं भम्केनीधामका महासचिव करन भट्टले वडाबाट जनताका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चानल भएपछि खुसी व्यक्त गरे। नेपाली सेनाका सेवानिवृत्त अधिकृत एवं स्थानीय गोरख पुजाराले बिरामीको गम्भीरताअनुरूप नियमित सेवा प्रवाहमा जोड दिए।

कञ्चनपुरको भीमदत्त नगरपालिकाको ८ नम्बर वडा कार्यालयले निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ। कञ्चनपुर उद्योग वाणिज्य संघबाट प्राप्त भएको एम्बुलेन्स वडा कार्यालयले निःशुल्क सेवा दिने गरी सञ्चालनमा ल्याएको हो।

बुधबार एक कार्यक्रमबीच उद्योग वाणिज्य संघले वडालाई एम्बुलेन्स हस्तान्तरण गरेको हो। कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वरप्रसाद बोहाेराले भीमदत्त नगरपालिका– ८ का वडाध्यक्ष मदनराज मिश्रलाई एम्बुलेन्स हस्तान्तरण गरे।

वडाध्यक्ष मिश्रले वडाका जनताको माग र आवश्यकताअनुरूप वडामा निःशुल्क एम्बुलेन्स सेवा दिने बताए। ‘वडाका अति अशक्त बिरामी, सुत्केरी, गर्भवती, सर्पले डसेका बिरामी, दुर्घटनामा परेका व्यक्तिलाई अस्पताल लैजान विशेष प्राथमिकता दिइन्छ,’ उनले भने।

वडाले निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेपछि स्थानीयवासीसमेत हर्षित भएका छन्। स्थानीय एवं भम्केनीधामका महासचिव करन भट्टले वडाबाट जनताका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चानल भएपछि खुसी व्यक्त गरे। नेपाली सेनाका सेवानिवृत्त अधिकृत एवं स्थानीय गोरख पुजाराले बिरामीको गम्भीरताअनुरूप नियमित सेवा प्रवाहमा जोड दिए।

ताजा समाचार

सम्बन्धित समाचार