Saturday, July 27, 2024

मरणासन्न कुटिउका वडा अध्यक्ष देवकोटाको माया मेट्रोमा उपचार हुन नसक्दा काठमान्डौँ रेफर,प्रहरी आक्रमणकारीको खोजीमा

प्रकाशित:

महेन्द्रनगर । मरणासन्न कुटिएका वडा अध्यक्ष रविन्द्र देवकोटाको धनगडि माया मेट्रोमा उपचार सम्भव नभएपछि काडमान्डौँ रेफर गरिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

भीमदत्त नगरपालिका–१८ का वडाअध्यक्ष रविन्द्र देवकोटा आफ्नै पार्टीका युवाबाट मरणासन्न कुटिँदा कुटिएका थिए ।नेकपा एमाले निकट युवा संघ नेपालको १०औं जिल्ला अधिवेशनका क्रममा विवाद हुँदा शनिबार दिउँसो कुटिएका देबकोटाको टाउकोमा चोट लागेको एमालकै जिल्ला नेता विष्णु कँडेलले बताए ।

कँडेलका अनुसार कुटपिटबाट घाइते वडाअध्यक्ष देवकोटालाई तत्काल धनगढीस्थित माया मेट्रो अस्पतालमा लगिए पनि अवस्था गम्भीर भन्दै रेफर गरि दिएको छ । देबकोटालाई उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको कँडेलले बताए ।शुक्रबारबाट सुरु अधिवेशनमा शनिबार नयाँ नेतृत्व निर्वाचन गर्ने कार्यतालिका रहेको थियो । निर्वाचन समितिमा सदस्य रहेका देबकोटालाई सूचना टाँस गर्दा १ दर्जनभन्दा बढी युवाले आक्रमण गरेको कँडेलको भनाई छ ।

उनका अनुसार युवा संघकै हिमेश थापा, नविन चन्द, केशव चन्द, कमल रोकाया र प्रवीण बोगटीलगायतले देबकोटामाथि आमक्रमण गरेका हुन् ।आक्रमणका आरोपितमध्ये कमल रोकायाले आफूहरुले कसैलाई आक्रमण नगरेको बताए । उनले निर्वाचनमा एकलौटी गर्न खोजेकाले विवाद मात्रै भएको दावी गरेका छन् ।

वडाअध्यक्ष देबकोटाकी आमा तथा एमाले नेतृ गोमा देबकोटाले प्रहरीमा दिएको किटानी जाहेरी दर्ता गर्ने क्रममा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रकाश डाँगीले बताए । उनले आज विदा भएको भन्दै आइतबार उजुरी दर्ता गरिने जानकारी दिएका छन् ।

आक्रमणकारी आरोपितहरुलाई प्रहरीले खोजी गरिरहेको उनले बताएका छन् ।नेतृ देबकोटाले भने सांघातिक हमलाका आरोपितहरुलाई अहिलेसम्म प्रहरीले पक्राउ नगरेकोमा आक्रोश प्रकट गरेकी छन् ।

ताजा समाचार

सम्बन्धित समाचार