२०८० मंसिर १३, बुधबार |
Wednesday, November 29, 2023

समाजसेवी ऐरको पहलमा सुकुम्बासी शिविरकी कलावतीको घर पुनः निर्माण सम्पन्न

प्रकाशित:

Advertisements

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त–१८ मदन आश्रित टोलमा विद्युत सट भएर गत २३ जेठमा कलावती सिंहको घर जलेर खरानी भयो । सुकुम्बासी शिविरको त्यो बस्तीमा रहेको एकल महिला कलावतीको घरमात्रै जलेन त्यो दिन, उनका थुप्र्रै आशा, भरोसा, अन्जाम र एकल महिलाले जिवन जिउनका लागि संचय गरेको शक्तिमा समेत अपुर्णीय क्षती पुग्यो ।

त्यो जेठ महिनाको उर्खमाउलो गर्मी अनि बिना छानाकी बृद्ध एकल महिला कलावतीलाई निकै सकस भयो । लगत्तै महिला नेतृ तथा समाजसेवी चन्द्रा ऐर (चाँदनी) ले घरबार बिहिन भएकी बृद्ध कलावतीका लागि बस्नकालागि घर (टहरो) निर्माणका लागि एक हजार रुपैँया सहयोग अभियान सञ्चालन गरिन, उक्त कुरा समाजसेवी चाँदनीले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिन् ।

त्यो एक हजार अभियानको प्रारम्भ गरेपछि, उक्त अभियानमा झण्डै २० जना जति मान्छेहरुले सहयोग गरेपछि आज ति एकल बृद्ध महिला कलावती सिंहले बस्ने घर पाएकी छिन् । कलावती सिंहको घर पुनः निर्माण सम्पन्न भएको छ । समाजसेवी महिला नेतृ ऐरको नेतृत्व एवं ट्रान्सफर्मेटिभ सोसाईटी अफ नेपाल नामक संस्थाको सहकार्यमा कलावतीले आफु बस्ने घर पुनः पाएकी छिन् ।

कलावती आफ्नो घर पुनः निमार्णका लागि खटिने संस्था एवं व्यक्तिहरु प्रति कृतज्ञ छिन् । उनि भन्छिन्,–‘मेरो घर पुनः निमार्णका लागि सहयोग गर्नु हुने चाँदनी बहिनी लगायतका मान्छेहरुप्रति धेरै धैर कृतज्ञ छु ।’

यो संगै सुकुम्बासी बस्तीका २३ बच्चाहरुलाई पनि चप्पल बितरण गरिएको छ । महिला नेतृ ऐरकै पहलमा उक्त बस्तीमा रहेका अति विपन्न परिवारका २३ जना बच्चाहरुलाई चप्पल वितरण गरिएको हो ।


No description available.

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार